इनरुवा। सुनसरीको गढी गाउँपालिका २ स्थित औरावनीका स्थानिय संचारक्रर्मी सुरेन्द कुमार चौधरीलाइ गढी गाउँपालिकाका प्रमुख श्रीप्रसाद यादवले र्दुव्यवहार गरेका छन ।
सोमवार यादवले आफ्नै कार्यकक्षमा संचारक्रर्मी चौधरीलाइ बोलाइ ढोका थुनेर र्दुव्यवहार गरेका हुँन । ४ दिन अगाडी गढी गाउँपालिका प्रमुखले विद्यालयमा आफ्न्तलाइ भर्ना गरेको बिषयमा समाचार लेखेको बिषयलाइ लिएर चौधरीलाइ हप्की दप्की गर्दै मेरो बारेमा समाचार किन लेखेको भन्दै गाली ग्लोज गरी र्दुव्यवहार गरेका थिए ।
संचारक्रर्मी सुरेन्द कुमार चौधरीका अनुसार समाचार लेखेको बिषयमा र्दुव्यवहार तथा गाली ग्लोज गर्न थालेपछि आफुले मोवाइलमा रेर्कडीङ गर्न थालेपछि मेयर श्रीप्रसाद यादवले ४–५ जनाले एक समुह वोलाइ जवरजस्ती गुण्डागर्दी शैलीमा मोवाइल खोसेर सम्पूर्ण रेर्कडीङ डिलेट गरेका थिए ।
चौधरीका अनुसार गढी गाउँपालिका प्रमुख यादवले आफुलाइ आधा घण्टा सम्म थुन्ने क्रममा गाली ग्लोज गर्दै क्षमा याचना गर नत्र तलाइ जे पनि हुन्छ भनेर मानसिक तनाव दिएको वताए । उनका अनुसार यादवले प्रहरी वोलाइ धाक धम्की समेत दिएको वताए । संचारक्रर्मी सुरेन्द कुमार चौधरीले मेयर यादवलाइ कारवाहीको माग समेत गरेका छन ।








