- मिकाइल आलम

इनरुवा । सुनसरीको कोशी गाउँपालीका ८ स्थित सीमावर्ती क्षेत्र बाट सशस्त्र प्रहरीले स्याउ सहित पिकअप भ्यान बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वमा खटिएको टोलिले २ लाख १७ हजार ८ सय मुल्य बराबरको स्याउ सहित को १ ज २२०८ नम्बरको पिकअप भ्यान बरामद गरेको जनाएको छ ।

शनिबार राती १० बजेको समयमा अवैध रूपमा भन्सार छलेर भारत तर्फ लादै गरेको अवस्थामा सशस्त्र प्रहरी बल भाण्टावारी बाट खटिएको सशस्त्र प्रहरी निरीक्षक भण्डारी नेतृत्वको टोलिले दशगजा स्थित सिमा स्तम्भ नम्बर २०६ बाट पिकअप भ्यान गाडीमा लोड गरि भारत तर्फ लैजादै गरेको अवस्थामा स्याउ बरामद गरेको थियो । बरामद गरिएको स्याउ र गाडीको जम्मा २० लाख १७ हजार ८ सय मुल्यांकन गरी आवश्यक कार्वाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको बिओपी भाण्टावरीले जनाएको छ । ५ महिनाको अवधिमा सशस्त्र प्रहरी बल भाण्टावारीले भन्सार छलेको ७० लाख बढीको सरसामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज बुझाएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia