- अमर काफ्ले

नमुना कलेज इटहरीमा अध्ययनरत विद्यार्थीहरुले सुनसरीको इनरुवा ४ मा रहेको त्रिभुवन वस्तीमा सहयोगी सामग्री हस्तान्तरण गरेका छन् ।


बी.एस.डब्लु दोस्रो वर्ष अध्ययनरत विद्यार्थीले त्रिभुवन वस्तीका बालबालिकाहरुलाई शैक्षिक सामग्री उपलब्ध गराएका हुन् ।
विद्यार्थीहरुले खाजा वापतको रकम बचत गरी जम्मा हुन आएको राशी विपन्न समुदायका बालबालिकाको शिक्षामा खर्चिएका हुन् ।


शिक्षा सबैकालागि अनिवार्य छ । अभावमा शिक्षाको अवसरबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्य बोकी सामाजिक उत्तरदायित्व वहन गर्न लागिपरेको नमुना कलेज इटहरी बी.एस.डब्लु दोस्रो वर्ष अध्ययनरत विद्यार्थी विपना रिमालले बताइन् ।

सोही सिलसिलामा स्थान छनौटका आधारमा इनरुवाको मुसहरी वस्ती पुगेर शैक्षिक सामग्री वितरण गरिएको रिमालले जानकारी दिइन् । रिमालले कलेजसँगको समन्वय र सहकार्यमा विभिन्न क्षेत्रमा आवश्यकता अनुरुप सहयोग लगायतका कार्यक्रममा सहभागिता जनाउँदै आएको बताइन् ।


कलेजमा अध्ययनरत विद्यार्थीहरुले सामाजिक उत्तरदायित्वसँग समवन्धित कार्यक्रमलाई शैक्षिक पाठ्यक्रमसँगै अघि बढाउँदै आएका छन् ।स्थानीय क्षेत्रमा लक्षित गरी सचेतना अभिवृद्धि सँगै जनचेतनामूलक जस्ता कार्यक्रम गर्दै आएका नमुनाका विद्यार्थीहरुले इटहरी बाहिर इनरुवाको मुसहरी वस्तीमा पछिल्लो कार्यक्रम संचालन गरेका हुन् ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतमका साथै कलेजका प्रिन्सिपल धर्म न्यौपानेको उपस्थिती रहेको थियो ।


पोखरेल, न्यौपाने सहित वडासदस्य विष्णु उराव लगायत कलेजका विद्यार्थीहरुले मुहसरी वस्तीका बालबालिकाहरुलाई ब्याग , किताब–कपी र कलम जस्ता शैक्षिक सामग्री बितरण गरेका थिए ।

 

शिक्षामा सबै वर्गको समान र सहज पहुँचको अवधारणामा नमुनाको पहल उदाहरणीय बनेको इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना पोखरेलले बताइन् ।

कार्यक्रममा मनतब्य राख्ने क्रममा पोखरेलले विद्यालय बाहिर रहेका र स्रोतसाधन अभावमा शिक्षाबाट बञ्चित समूदायका हकमा कार्यपालिकाबाटै निति तथा कार्यक्रम ल्याइने आश्वासन समेत व्यक्त गरिन् ।
त्रिभुवन मुसहरी वस्तीमा २० घरधुरीको वसोवास छ । वस्तीका हरेकजसो परिवारमा कम्तिमा ३ जना बालबच्चा छन् । बालबालिका अझैपनि पूर्ण रुपमा विद्यालयसम्म पुग्न सकेका छैनन् । विपन्न समूदाय र बनिबुतो गरी गुजारा चलाउँदै आएको मुसहरी समूदायले आफुसँगै बालबच्चालाई समेत काममा लगाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia