इनरुवा । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ७ स्थित केराबारीमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आइतबार साझ वार्ड नम्बर ७ स्थित केराबारीमा पूर्व बाट पश्चिम तर्फ आउदै गरेको को १ ज २६४८ नम्बरको स्कुल भ्यानले सोही दिशा बाट आउदै गरेका साईकल यात्रीलाई ठक्कर दिएको थियो ।

स्कुल भ्यानको ठक्कर बाट गम्भीर घाइते भएका भारत सुपौल बस्ने ६२ वर्ष का शिवनारायण यादवको उपचारको क्रममा मृत्यु भएको सिमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायब निरीक्षक अवधलाल साहले जानकारी दिएका छन् । ठक्कर दिने म्यान र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।








