- अमर काफ्ले

सुनसरीको कोशी गाउँपालिकामा वीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता समपन्न भएको छ । कोशी कटानमा दुईदिन सम्म चलेको प्रतियोगिता सोमबार समापन गरिएको हो । प्रतियोगितामा विभिन्न वजन समूहबाट बिजेता चुनिँदा कुनैपनि टिम हाबी हुन भने सकेन् । प्रदेश नम्वर ७ ले ३ वटा वजन समूहमा प्रथम स्थान हात पार्दा विभागीय टोली नेपाली सेना समेत समान तीन वजन समूहमा प्रथम भएको छ । नेपाल प्रहरीका दुई खेलाडीले प्रथम स्थान हात पार्दा प्रदेश नम्वर ५ले २ र प्रदेश नम्बर १, २ र ३ ले समान एक–एक वजन समूहमा प्रथम स्थान हात पारेका छन् ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.777459975985663/777459502652377/?type=3&theater

पुरुष तर्फ भागवत शाह, बृजेश यादव, सञ्जय तिवारी, श्रवणकुमार ठठेर, रामचन्द्र यादव, रमेश चन्द र समिर कुमार साहले प्रथम स्थान हात पार्दा महिला तर्फको प्रतिष्पर्धामा मनिशा सिंह, संगीता धामी, शुशिला चन्द , लक्ष्मी खत्री र शान्ती चौधरी प्रथम भएका छन् । विभिन्न उमेर समूहका उपबिजेता सहित तेस्रो स्थान हात पार्ने खेलाडीहरुलाई प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला सहित गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी र इनरुवा नगरपालिका प्रमुख राजन मेहता सहित राखेपका सदस्य शम्भु आचार्यले शिल्ड तथा प्रमाण पत्र सहित नगद पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा सशस्त्र प्रहरी बाहेकका दुई विभागिय टिम र ४ नम्बर प्रदेश बाहेकका अन्य ६ वटा प्रदेश र आयोजक कोशी गाउँपालिकाले सहभागिता जनाएको थियो । सृष्टि समाज इनरुवाले आयोजना गरेको राष्ट्रिय कुस्ती प्रतियोगितालाई प्रत्येक वर्ष निरन्तरता दिइने कार्यक्रम संयोजक वशन्त सुवेदीले जानकारी दिए ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.777459975985663/777459515985709/?type=3&theater

तपाईको प्रतिक्रिया

trusted online casino malaysia