इनरुवा। सुनसरीको देवागञ्जमा भएको दुर्घटनामा परी २ जना गम्भीर घाईते भएका छन् । शुक्रवार बेलुका ७ बजेको समयमा देवानगञ्जबाट बिराटनगर तर्फ जाँदै गरेको  को ३ प १५७० नम्बरको मोटरसाईकलले बिपरीत दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल चालक देवानगञ्ज-६ का १९ बर्षीय सुधिर मेहेता र मोटरसाईकल चालक देवानगञ्ज-३ का १९ बर्षीय मिथ्लेश यादव गम्भीर घाईते भएका हुन् । घाईते दुवै जनाको बिराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय देवानगञ्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia