इनरुवा। सुनसरीको कोशी गाउँपालीकामा दुर्घटना हुँदा एकै परिवारका ६ जना घाइते भएका छन् । सोमबार राति साढे ११ बजेको समयमा रोकिराखेको को १ त ६१२६ नम्बरको ट्याक्टर लाई पश्चिम बाट पूर्व तर्फ आउदै गरेको बा १७ च १४२ नम्बरको कारले ठक्कर दिदा सुनसरी इटहरी उपमहानगरपालिका बस्ने एकै परिवारका ६ जना घाइते भएको ईलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.786748568390137/786748428390151/?type=3&theater
घाइते हुनेमा इटहरी २ आपगाछी बस्ने वर्ष ६० का पिताम्बर खतिवडा, र उनकी वर्ष ५८ कि श्रीमती मिना खतिवडको अवस्था गम्भीर रहेको प्रहरी नायव निरीक्षक दीपक बरालले बताएका छन् । यसैगरी अन्य घाइतेहरु पिताम्बरका छोरा चालक वर्ष ४० का निर्मल खतिवडा,उनकी श्रीमती वर्ष ३० कि सृजना खतिवडा, वर्ष १० का निश्चल खतिवडा र १६ महिनाका बच्चा निर्भय खतिवडा रहेका छन् । घाइते सबैलाई उपचारको लागि बिराटनगरको न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । रातीको समयमा बीच बाटोमा तेल भर्न रोकिराखेको उखु बोकेको ट्याक्टरलाई ठक्कर दिदा कार पूर्ण रुपले क्षतिग्रस्त भएको छ । ट्याक्टर र कार ईलाका प्रहरी कार्यालय लौकहीको नियन्त्रणमा रहेको छ ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.786748568390137/786748471723480/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.786748568390137/786748391723488/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.786748568390137/786748491723478/?type=3&theater









