इनरुवा । सशस्त्र प्रहरीले सुनसरीको कोशी गाउँपालीका ८ भाण्टावारी स्थित तिनकुनै बाट १ लाख ८० हजार बढीको सामान बरामद गरेको छ । बिओपी भाण्टावारीबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वको टोलिले मंगलवार चेकजाँचको क्रममा १ लाख ८४ हजार २ सय ५० रुपैया बराबरको विभिन्न सामान बरामद गरी भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको जनाएको छ ।

भारत बाट अवैध रूपमा भन्सार छली ल्याउदै गरेको ६४ हजार २ सय ५० रुपैयाँ बराबरको विभिन्न किसिमको कपडा र काकडभिट्टाबाट काठमाडौं तर्फ लादै गरेको विना बिलको १५ वटा १ लाख २० हजार बराबरको खसी बोका नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि सेतुबन्द भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।









