इनरुवा। अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश नम्बर १ को कार्यालय विराटनगरको आयोजनामा मंगलबार सुनसरीको इनरुवा नगरपालिकामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझ्न र सुधारका लागी पहल गर्न सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न गरिएको हो ।
कार्यक्रममा उठेका सवालको जबाफ दिँदै इनरुवा नगरपालिका–७ चान्दबेलाका वडा अध्यक्ष किसोरकुमार सिंहले आफहरुले जनताको कामका लागि लागिपरेको वताए । आफ्नो पौने दुई वर्षको कार्यकालमा शिक्षामा नियमित अनुगमन र अग्रेजी माध्यममा पठनपाठन सुरु गरेको बताए । उनले नयाँ संरचना अनुसार धेरै अधिकार स्थानीय स्तरमा आएपनि व्यवस्थापन भइनसकेका कारण केही समस्या भएको र शिक्षा सुधारका लागि पहल थालेको बताए ।
उनले शिक्षा सुधारका लागि अनुगमन गरेपनि सुधारमा निरासाजनक अवस्था रहेको गुनासो गर्दै नागरिकहरु सचेत हनुपर्ने बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि, पशु क्षेत्रको विकासका लागि योजना बनाएर सबैले अनुभूति गर्ने गरी सेवा प्रदान गर्ने गरी योजना बनाएर लागु गरेको तर त्यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।
सेवा प्रदायक र सेवाग्राहीबिच समय समयमा अन्तरक्रिया भए सेवाप्रदायक संस्थालाई सुधार गर्ने अवसर हुने र योजना बनाउन सजिलो हुने वडा अध्यक्ष सिंहले बताए ।शिक्षा, स्वास्थ्य र खाध्य अधिकार विषयक सेवाग्राही र सेवादायी बीच अन्तरकृया कार्यक्रममा शिक्षा शाखा प्रमुख यज्ञ ढकालले शिक्षाको गुणस्तरीयतामा जोड दिएका छन् ।शिक्षाको गुणस्तरका लागि विद्यालयहरुको नियमित अनुगमन आवश्यक रहेको गढी मानव अधिकार निगरानी समूहका अध्यक्ष गगन सिंहले वताए । उनले शिक्षामा सरकारी निकायको बेवास्ता रहेकाले समस्या भएको बताए ।
कार्यक्रममा समिर सिंहले शैक्षिक गुणस्तरका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा इन्सेकका प्रदेश प्रमुख सोमराज थापाले कार्यक्रमकोे औचित्य बारेमा बोल्दै शिक्षाको विकासले समग्र विकास गर्न सकिने बताए । कार्यक्रममा इनरुवाका स्वास्थ्य शाखा प्रमुख मिश्रीलाल मेहताले सबै नागरिकका लागि शिक्षा, स्वास्थ्य र खाध्य मानव अधिकार तथा मौलिक हकको रुपमा आएकाले त्यसमा नागरिकहह्रु समेत सचेत हुन जरुरी रहेको बताए ।
खाध्य अनुशंधान निरीक्षक विक्रम लिम्बुले विकासमा सबैको हातेमालो गरेर चान्दबेलामा शिक्षा, स्वास्थ्य र खाध्य अधिकारको प्रत्याभुती गर्न पाउनेमा जोड दिएका छन् ।
स्वास्थ्य चौकीका प्रमुख निखिल पोखरेलले शिक्षा नभए र पोषण नभएसम्म स्वास्थ्य नहुने भएकाले त्यसमा सुधारको आवश्यक रहेको बताए । कार्यक्रममा प्रधानाध्यापक कासिनाथ चौधरीले अधिकारका लागि नागरिकले कर्तव्यको पनि पालना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नगरपालिका सदस्यहरुले विकासमा हालेपालो गर्ने र औरावनी सहित गढीमा शिक्षा, स्वास्थ्य र खाध्यको अधिकार पूर्ण उपभोगका लागि बजार अनुगमन , स्वास्थ्य संस्था अनुगमन र विधालय अनुगमन पाक्षिक रुपमा गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा सरोकारबालाहरुले सेवाग्राहीको सवालको जवाफ र अन्तरकृया कार्यक्रममा सरोकारबालाहरुले उठाएको गुणस्तरीयतामा ध्यान दिने र त्यसप्रति प्रतिवद्ध रहेको बताएका थिए ।
कार्यक्रममा यहाँका सेवाग्राहीहरूले गुणस्तर खाध्यानमा जोड दिएका छन् । त्यसैगरी उनीहरुले शिक्षा गुणस्तरमा सुधार गर्नुपर्ने, स्वास्थ्य संस्थामा नियमित निशुल्क औषधि वितरण गरिनुपर्ने, स्वास्थ्य खाध्यानका लागि बजार अनुगनम नियमित र कृषि विकाससँग सम्बन्धित कार्यक्रमको प्रचारप्रसार गरिनुपर्ने लगायतमा सरोकारबालाहरुले जोड दिएका छन् । शिक्षामा गुणस्तर कायम नभएसम्म स्वास्थ्य र खाध्यका सवाल सार्थक नभएकाले त्यसमा सुधारका मागहरू सरोकारबालाहरुले गरेका थिए । कार्यक्रममा स्थानीय तहको नयाँ संरचना अनुसार शाखा स्थापना भएपनि सेवा प्रवाह राम्रो र सार्थक नहुँदा सेवा पाउन नसकेको सहभागीहरूले गुनासो गरेका थिए ।










