- मिकाइल आलम

इनरुवा । कोशी गाउँपालीका ४ स्थित कोशी कटान क्षेत्रको शिव चौकमा जनप्रतिनिधिहरुले सरसफाइ गरेका छन् । शनिबार बिहान कोशी गाउँपालीका वार्ड नम्बर ४ का अध्यक्ष अमिन नेपाली सहितका जनप्रतिनिधि तथा स्थानीय सरसफाइ तथा व्यवस्थापन समिति कोशी गाउँपालीका ४ का सदस्यहरुले कोशी कटान क्षेत्रमा सरसफाइ गरेको हो ।

गाउँपालीका क्षेत्रका जनप्रतिनिधि,सरसफाइ कार्यदलका सदस्य,राजनीतिज्ञ,सुरक्षाकर्मी,स्थानीय लगायतको सक्रियतामा आयोजित सरसफाइ कार्यक्रममा उनीहरूले बजार क्षेत्रमा भएको फोहोर संकलन गरेको थियो । आफ्नो ठाँउमा आफै फ़ोहोर संकलन गर्न उत्प्रेरित गर्ने उद्देश्यले समय समयमा गाउँपालीका तथा वार्ड कार्यालयले सरसफाइको कार्यक्रम गर्दै आएको समाजिक जीवन केन्द्र नेपालका अध्यक्ष हजरत हुसेनले बताए । कोशी गाउँपालीका वार्ड नम्बर ४ को सहयोग तथा समाजिक जीवन केन्द्र नेपालको आयोजना सम्पन्न भएको सरसफाइ कार्यक्रममा कोशी कटानका प्रहरी नायब निरीक्षक लक्ष्मी नारायण कुर्मी, ट्राफिक प्रहरी नायब निरीक्षक भीमबहादुर कटुवाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम हजरत हुसेनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia