इनरुवा। सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले आफ्नो न्यायिक समितिका सदस्यहरुलाई प्रशिक्षण दिएको छ । नेपालको कानुन र ऐनका विषयमा जानकारी दिदै स्थानीय तहबाट हुने न्यायिक निरुपण, मेलमिलाप तथा लैंिगक हिसाँ निवारणमा न्यायिक समितिको भुमिका तथा क्षमता विकास सम्बन्धी दुई दिने प्रशिक्षण दिएको हो ।

इनरुवा नगरपालिका न्यायिक समितिको आयोजनामा समितिका सदस्य सहित जनप्रतिनिधिहरुलाई न्यायका समान्य सिद्धान्त , समितिको कार्यक्षेत्र, मुकुकी ऐन कानुन सहितका विषयमा प्रशिक्षण दिएको समितिका संयोजक तथा उपप्रमुख जमुना गौतम पोखरेलले जानकारी दिनुभयो ।न्यायिक समितिका सदस्यहरुलाई उनीहरुको काम, कतव्र्य र अधिकार तथा क्षेत्राधिकार सहितका विषयमा सुनसरी जिल्ला अदालतका श्रेरेस्तेदार नगेन्द्रकेसरी पोखरेल, अधिवक्ता कृष्ण प्रसाद दाहाल , प्रहरी उपरीक्षक राजन अधिकारी, जिल्ला न्यायधिवक्ता गोकुलबहादुर निरौला, सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का लगायतकाले प्रशिक्षण दिनुभएको छ ।

प्रशिक्षण कार्यक्रममा मुलुकी अपराध संहिता दण्ड सजाय एवं क्षतिपूर्ती ऐन, न्यायका सर्वमान्य सिद्धान्त एवं न्यायिक संरचना तथा क्षेत्रधिकार, मुलुकी देवानी संहिता ऐन २०७४ को सामान्य जानकारी, स्थानीय तहमा मेलमिलाप तथा यसको प्रभावकारीता, मानव अधिकार, सकारात्मक सोच तथा नेतृत्व सिप विकासका बारेमा प्रशिक्षण दिएको बताइएको छ । प्रशिक्षणले आफूहरुलाई कार्यक्षेत्रमा न्यायिक र कार्य सम्पादनमा सहज भएको इनरुवा १ का वडा अध्यक्ष रामचन्द्र पौदारले बताउनुभयो । समितिको भुमिका , क्षेत्राधिकार तथा क्षमता विकास सम्बन्धी प्रशिक्षण पाएको पोद्धारले बताउनुभयो ।

त्यसैगरी प्रशिक्षणले कसरी काम गर्ने, काममा प्रभावकारीता र न्यायिक समितिलाई वडाको तर्फबाट कसरी सहयोग गर्ने विषयको जानकारी पाएको इनरुवा ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरीले बताउनुभयो । मंसुरीले कार्यक्रम राम्रो भएको र ज्ञान तथा क्षमता विकासका लागि पनि सार्थक भएको प्रतिकृया दिनुभएको छ । कार्यक्रममा इनरुवा २ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव सहित जनप्रतिपनिधिहरु र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia