इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले आठ जना उत्कृष्ट बुहारीलाई सम्मान गरेको छ । भोक्राहा नरसिंह गाउँपालिकाका ८ वटा वडाका एक एक जना असल बुहारीलाई उत्कृष्ट बुहारी सम्मानबाट १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सम्मान गरेको हो । प्रत्येक वडाका महिलाहरुबाट अध्ययन गरि प्रत्येक वडाका एक जनाका दरले आठ जना उत्कृष्ट बुहारीलाई सम्मान गरेको गाउँपालिका उपाध्यक्ष पुनमकुमारी मेहताले जाकनारी दिनुभयो ।

घर परिवारमा सासुआमालाई आमाको जस्तो सम्मान गर्ने, श्रीमानसंग पनि राम्रो सम्बन्ध राखेको, ससुराबालाई, जेठाजु र देवर, जेठानी, देउरानी सहितको परिवारका सदस्यहरुलाई समान्न गर्ने महिलाहरु मध्ये आठ उत्कृष्ट बुहारीलाई सम्मान गरेको छ ।









