इनरुवा एकमा रहेको युनिक सीपमूलक विकास केन्द्रले तीन महिने निःशुल्क सिलाई कटाई तालिम सुरु गरेको छ ।
यूनिक टेलर्सका प्रोपाइर समेत रहेका विकास केन्द्रका अध्यक्ष समिम अख्तरले महिलाहरुकालागि सीपमूलक सिलाई कटाई कार्यक्रम संचालनमा ल्याएका हुन् ।


इनरुवा नगरपालिका वडा नम्वर एकको सहयोगमा संचालन गर्न लागिएको तालिमको उद्घाटन भने इनरुवाका नगर प्रमुख राजन मेहताले गरेका छन् । वडाध्यक्ष रामचन्द्र पोद्दार सहित वडासदस्य लगायतको उपस्थितीमा तालिमको औपचारिक उद्घाटन गरिएको छ ।


२४ जना सहभागिलाई सिलाई कटाईमा अनुभव प्राप्त प्रशिक्षकबाट प्रशिक्षण दिइने संस्थाका अध्यक्ष समिम अख्तरले बताए । तालिममा सहभागि मध्ये विपन्न वर्गका दुईजनालाई आत्मनिर्भरकालागि सिलाई कटाई मेसिन समेत उपलब्ध गराइने अख्तरले जानकारी दिए ।
समानुपातिक छनौटका आधारमा सहभागिहरुलाई तालिममा सहभागि गराइएको संस्थाले जनाएको छ । उद्घाटन पश्चात बोल्दै नगर प्रमुख मेहता, वडाध्यक्ष पोद्दार लगायतका अतिथिले सहभागि महिलाहरुलाई सिकेको सीपलाई व्यवहारमा उर्तादै जागरुक र आत्मनिर्भर बन्न सुझाएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia