- अमर काफ्ले

सुनसरी सदरमुकाम इनरुवामा निर्माणाधिन ढलनाला निर्माणको कार्य कमसल भएको भन्दै स्थानीयले अवरोध गरेका छन् ।
इनरुवा वडा नम्वर ३ सखुवागाछीहँुदै मूख्य बजार जोड्ने सडक छेउमा निर्माणाधिन ढल गुणस्तरहीन भएको स्थानीय आरोप छ ।
कमसल सामग्री प्रयोग गरिएको र लगत इस्मिेट अनुरुपको कार्य नभएको भन्दै स्थानीयले नाला निर्माणको कार्य समेत रोकाएका छन् ।
ढल निर्माणको क्रममा कोशी कटान र सुनसरी खोलाको माटो मिसिएको बालुवा प्रयोग भएको स्थानीयको दावी छ । सिमेन्टको मात्रा समेत कम प्रयोग गरिएको बताउने स्थानीयहरुले अन्य सामग्री समेत कमसल प्रयोगमा ल्याइएको बताएका छन् ।
प्लाष्टर गर्न नपाउँदै उक्किने र जोडिएका इटा भत्किन थालेपछि काम रोकाएको स्थानीय अगुवा रमेश अधिकारीले बताए । जिम्मेबार निकायले अनुगमनमा ध्यान नदिँदा मनोमानी बढेको उनीहरुको भनाई छ । कमसल काम रोकाएका स्थानीयले लगत स्टिमेट अनुसारको गुणस्तरको काम हुनुपर्ने अडान राखेका छन् । उनीहरुले गुणस्तरहीन काम भैरहँदा समेत वडाध्यक्ष भने जिम्मेबारीबाट पन्छिएको आरोप लगाएका छन् ।
उता वडा नम्वर ३ का अध्यक्ष कालुराम गुरु»ले नगरवासीको गुनासो कतिपय अवस्थामा जायज भएपनि आफुमाथि लगाइएको आरोप निराधार र रिसिवी साँध्न खोजिएको प्रतिकृया दिएका छन् ।


गुरु»ले आफु प्राविधिक नभएको बताउँदै गुुणस्तरीय काम भए नभएको भन्ने विषय प्राविधिकको छानविन पश्चात मात्र यकिन हुने बताए । शहरी बिकास डिभिजन कार्यालय बिराटनगरले साइट अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहको हकमा नगर प्रमुख, प्रशासकीय अधिकृत र ईन्जिनियरलार्ई तोकेको गुरुङले बताए । गुरुङले आफुले स्थानीयवासी र वडाध्यक्षको हैसियत स्थानीयको गुनासो अनुगमन टोली समक्ष राखेको र सम्बोधनकालागि यथासक्य पहल गरिरहेको बताए । उनले ढल निर्माणका क्रममा कहँकतै भने कमसल काम भएकोे स्विकारे । स्थानीयको गुनासो समेत आएपछि कमसल सामान हटाउन लगाएको र कामदार र पेटी ठेकेदारलाई सम्झाएको बताए । यद्यपी केही व्यक्तिले आवश्यकता भन्दा बढी अनाहकमा उठाएको विषयमा सबै सत्यता भने नभएको वडाध्यक्षले स्पष्ट पारे ।
यता इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले भने ढल निर्माणको कार्य कमसल भएको ठहरिए सम्वन्धित ठेकेदारलाई कार्वाहीको सिफारिस गरिने बताएका छन् । पूर्वाधार निर्माणको कार्य गुणस्तरयुक्त हुनु पर्ने बताएका मेहताले छिटै संयुक्त अनुगमन गरि स्थानीयको गुनासो सम्बोधन गरिने बताए ।

सखुवागाछी देखि बबियासम्म पहिलानै सडक सहितको ढलनाला निर्माणकालागि टेण्डर लागेको थियो । निर्माणको कार्य बबिया तर्फबाट गर्दा सो खण्डमा टेण्डरमा उल्लेखित मापदण्ड भन्दा बढीमा काम गराइदा आधा भन्दा बढी भागको काम बाँकी रहँदै रकम सकिएको भन्दै निर्माण कम्पनीले हात झिकेको थियो ।
मूख्य बजार खण्डको मापदण्डको विषय अन्यौलकाबीच नगरपालिका र शहरी डिभिजनका प्रमुख लगायतको छलफल सकारात्मक भएपछि पछिल्लो समय सखुवागाछी तर्फबाट ढलनाला निर्माणको कार्य सुरु हुन पुगेको थियो ।
स्थानीयले अवरोध गरेपछि नाला निर्माणको काम रोकिएको छ भने नाला निर्माणमा खटिएका कामदारले काम गर्ने सहज वातावरण नबनेकोे बताएका छन् । उता वडा नम्वर दुईका स्थानीयले समेत आफ्नो तर्फको काम अधुरो छाडी अर्कोतर्फ काम थालिएकोमा आपत्ति जनाएका छन् ।
पूर्वाधार निर्माणको क्रममा देखिएका त्रुटी सच्याउँदै नगरवासीका गुनासो समाधान गर्न तर्फ नगरपालिकाले ढिला गर्न नहुने धारणा राख्ने स्थानीय जानकारहरु बल्झिँदो समस्या बिकासको बाधक बन्ने तर्फ समेत सचेत हुन आवश्यक रहेको बताउँछन् ।
रमण कन्ट्रक्सनले निर्माण कार्यको जिम्मा पाएको भएपनि पेटीमा ढलनाला सहित निर्माणको कार्यभने भूमि कन्ट्रक्सनले गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia