दुहवी। सुनसरीको दुहवी ५ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको खेल मैदानमा मंगलवार भएको रोजगार मेलाको समुदघाटन गर्दै १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईले यूवा दक्ष जनशक्ति उत्पादन गरि स्वदेशमै रोजगारी श्रृजना गर्नुपर्नेमा जोड दिंदै १ नम्वर प्रदेशलाइ १० वर्ष भित्र बेरोजगार मुक्त बनाउँने प्रतिबद्धता जाहेर गरेका छन । दुहवी नगरपालिका, बुढीगंगा गाँउपालिका र उद्योग संगठन मोरङको संयुक्त आयोजना र नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा संचालित इन्स्योर परियोजनाको सहयोगमा वृति परामर्श तथा रोजगार मेला समपन्न भएको छ ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807241856340808/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807241896340804/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807242106340783/?type=3&theater
मेलामा मोरङ व्यापार संघ, हेल्भेटास नेपाल, मनमोहन मेमोरियल पोलिटेक्निक र व्यवसायिक सीप तालिम प्रदायक संघ प्रदेश १ को पनि सहयोग रहेको बताइएको छ । रोजगार मेलामा २ हजार यूवाहरुलाइ बिभिन्न तालिम प्रदान गरि रोजगारी दिइने भनि आयोजकले ग्यारेन्टी गरेकोमा सुनसरी–मोरङ औधोगिक करिडोरका उद्योगीहरुले ५०० जनाको माँग गरेको भएतापनि ३५० जनालेमात्र रोजगारीकोलागि फारम भरेको पाइएको छ भने १३०० जनाले बिभिन्न तालिमकालागि सहभागि हुँन आवेदन दिएका छन ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807241546340839/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807241596340834/?type=3&theater
पछिल्लो समय बिभिन्न कारण देखाइ दुहवी र बुढीगंगाका उद्योगहरुले मजदुर कटौती गरि मजदुरहरुलाइ वेरोजगार बनाइ रहेको छ भने सोहि क्रममा नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक समेत न पाएको मजदुरहरुको गूनासो ब्याप्त छ । बुढीगंगा गाँउपालिकाले १ हजार वेरोजगार यूवाहरुलाइ रोजगार मेलामा सहभागि गराउँने भनेतापनि स्थानिय स्तरमा सूचनाको प्रवाह न हुँदा ३२५ जना मात्र सहभागि भएको पाइएको छ । यूवा जनशक्तिहरुलाइ दक्ष प्राविधिक तालिम दिइ रोजगार दिने उदेश्यले रोजगार मेलाको आयोजना गरिएकोले निजि क्षेत्रसँग सहकार्य गरेर जाने र यसकालागि ३० लाख बजेट छुटयाएको दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले जनाए ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807241509674176/?type=3&theater

https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807241656340828/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807241623007498/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807241639674163/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807241713007489/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807241826340811/?type=3&theater
रोजगार मेलामा १३०० जनाले बिभिन्न तालिमकालागि सहभागि हुँन आवेदन दिएकोमा ३ जना प्रशिक्षार्थीलाइ दुहवी नगरपालिकाले छात्रवृति दिने मेयर गच्छदारले जनाए । दुहवीलाइ उद्योग मैत्रि नगरपालिका बनाउँने आफ्नो उदेश्य रहेकोले उद्योगीहरुलाइ ढुक्क भएर लगानी गर्न मेयर गच्छदारले आग्रह गरे । रोजगार मेलामा तालिम प्रदायक संस्थाका स्टलहरु, व्यापारिक प्रर्दशनी र रोजगारदाता कम्पनीहरुको उपस्थिति रहेको थियो । मेलामा रोजगारको खोजीमा रहेका दुहवी र बुढीगंगाका जनशक्तिहरुले मेला अवलोकन गरि सिपमूलक तालिमकालागि फारम भरेका थिए ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807241913007469/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807241929674134/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807242073007453/?type=3&theater
मेलाले रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै स्थानमा राखेकाले आफ्नो आवश्यकता अनुसारको मानव शंसाधन खोज्न र रोज्न सहयोग पुर्याउने जनाइएको छ । मेलामा सीपमुलक तालिम दिने संस्थाहरूको प्रदर्शनी र तालिम बारे सूचना, रोजगार सम्बन्धी सूचना तथा रोजगार दातासंग प्रत्यक्ष सम्पर्क गराइ निःशुल्क कार्यस्थलमा आधारित सीपमूलक तालीम सम्बन्धी जानकारी दिइएको थियो ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807241843007476/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807241969674130/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807242013007459/?type=3&theater
उक्त कार्यक्रममा बिशिष्ठ अतिथि १ नम्वर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरे, बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी, दुहवी नगरपालिकाका उपमेयर सुनिता दाहाल(साह) बुढीगंगा गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी गच्छदार, मोरङ व्यापार संघका अध्यक्ष पवन शारडा, उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरे, दुहवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, मनमोहन स्मृति पोलिटेक्निक बुढीगंगाका प्राचार्य डा.सुभाषश्री पोखरेल, दुहवी नगरपालिकाका वडाध्यक्षहरु, बुढीगंगा गाउँपालिकाका वडाध्यक्षहरु, संघ संस्थाका प्रतिनिधिहरु लगायत स्थानियवासीहरुको
उल्लेख्नीय उपस्थिति रहेको थियो ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807242163007444/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807242206340773/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807242226340771/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807242259674101/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807242293007431/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.807244589673868/807242319674095/?type=3&theater









