इनरुवा । सवारी दुर्घटनालाई न्युनीकरण गर्ने उदेश्यले कोशी कटानमा “सचेतना महाअभियान कार्यक्रम” आयोजना गरिएको छ । बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ सुनसरीको कोशी गाउँपालीकाको कोशी कटान, नहर चौक लगायतका स्थानमा स्थानीय र सवारी चालकहरुमा मंगलवार सचेतना कार्यक्रम आयोजना गरिएको ट्राफिक प्रहरी कोशी कटान ईन्चार्ज भीमबहादुर कटुवालले जानकारी दिए ।

सवारी चालकहरु तिब्र गतिमा चलाउने र मादकपदार्थ सेवनका कारण बढी दुर्घटना हुने गरेको भन्दै प्रहरी नायब निरीक्षक कटुवालले त्यस्ता दुर्घटना बाट बच्ने उपायहरुका बारे सवारी चालक र सर्वसाधारणमा जानकारी गराएको बताए । सई कटुवालका अनुसार लामो दूरीका विभिन्न सवारी साधनका चालक/ सहचालक लाई ३० वटा चालक ड्रेस वितरण गरिनुका साथै गाडीमा डस्ट्बिन राख्न, यात्रुले देख्ने गरी गाडीको नम्बर प्लेट राख्न, मादक पदार्थ सेवन गरेको अवस्थामा सवारी नचलाउन “सचेतता महाअभियान घुम्ती कार्यक्रम” कोशी गाउँपालीकाको कोशी कटान, नहर चौक सहित पाँच स्थानमा आयोजना गरिएको थियो । कार्यक्रममा सवारी चालक/सह चालक, यात्रु र स्थानीय सर्वसाधारण गरी ४ सय जनामा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सचेतना कार्यक्रम आयोजना गरिएको सई कटुवालले बताए ।









