इनरुवा। कोशी गाउँपालिका-७ मा आज बिहान पिकअप गाडीको ठक्करबाट जंगली अर्नाको ज्यान गएको छ, भने पिकअपमा सवार ३ जना घाइते भएका छन् । पूर्व-पश्चिम लोकमार्गमा बिहान साढे ४ बजे पूर्वतर्फ जाँदै गरेको लु २ च ५९५८ नम्बरको पिकअप गाडीले बाटो काट्दै गरेको अर्नालाई ठक्कर दिदा अर्नाको घटनास्थलमा नै मृत्यु भएको हो।

साथै उक्त पिकअप सडकमा पल्टिदा चालक जिल्ला दाङ गडुवा गाउँपालिका-२ बस्ने बर्ष-१८ को श्रीचन्द्र चौधरी, बर्ष-४१ को ज्ञान प्रसाद चौधरी र बर्ष-३८ को जीतराम चौधरी घाइते भई उपचारका लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia