- मिकाइल आलम

भाण्टावारी । एक नम्बर प्रदेशका उद्योग पर्यटन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुशियैतले सुनसरीको मध्यवर्ती क्षेत्रमा घेराबन्दी गर्दा सर्वसाधारणको जीविका पाल्नमा असर नपर्ने गरी गरिने बताएका छन् । शनिबार सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ स्थित भाण्टावारीमा जंगली जनावर बाट पीडित सर्वसाधारणले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुशियैतले सो कुरा बताए ।

सरकारको दायित्व सर्वसाधारणको संरक्षण गरिनु भएको बताउदै मन्त्री कुशियैतले गरिब,निमुखा सर्वसाधारण तथा मध्यवर्ती क्षेत्र बाट जीविकोपार्जन गर्नेहरुको जीविकामा असर नपर्ने गरी घेराबेरा गरिने योजना रहेको बताए । सर्वसाधारणका साथै जैविक बिबिधताको संरक्षण गर्नु सरकारको दायित्व भएकोले त्यसैअनुसार घेराबेरा हुने मन्त्री कुशियैतको भनाइ थियो । २०३२ साल देखि जंगली जनावर बाट हरिपुर, श्रीपुर र पश्चिम कुशाहा क्षेत्रका सर्वसाधारण हैरान भईसकेको नेकपा जिल्ला कमिटी सदस्य तजमुल मन्सुरीले बताए ।

बाढी पीडितको समस्या अहिलेसम्म पनि समाधान नभएको बताउदै नेता मन्सुरीले पीडितहरु लाई राहत उपलब्ध गराई दिनका लागि पहल गर्न मन्त्री कुशियैत लाई आग्रह गरेका थिए । सोही कार्यक्रम बोल्दै नेकपा नेता रामचन्द्र यादवले जंगली जनावर पीडितको समस्या समाधान केन्द्रित बन्न मन्त्री लाई आग्रह गरेका थिए । सर्वसाधारण र स्थानीय नेताकार्यकर्ताको गुनासा सम्बोधन गर्दै मन्त्री कुशियैतले सबैको हितमा हुने काम सरकारले गरिनेमा ढुक्क भएर बस्न आश्वस्त पारेका थिए । फरक प्रसङ्गमा मन्त्री कुशियैतले मदरसा दारु सलाम भाण्टावारीको भौतिक पूर्वाधारका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्ति भेटघाट कार्यक्रममा नेकपाका स्थानीय नेता सत्रुघ्न चौधरी, नसिबलाल यादव, कमलेश्वरी खेरवार, गुरुदेव राम, हाजी उसमान मिया,समशाद आलम, लगायत नेताकार्यकर्ताको उपस्तिथि रहेको थियो भने कार्यक्रम हरि शिवाकोटीले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia