- अमर काफ्ले

इनरुवा। मुख्य अनि व्यस्त बजारको सडक ५२ फिट । वडाको बाटो भने बन्दैछ ५६ फिट । सुन्दा अपत्तयारिलो लाग्न सक्ला । तर इनरुवा नगरपालिकाको पछिल्लो यथार्थता भने यही नै हो । स्मार्ट सिटी परियोजना अन्र्तगत इनरुवा बजार सहितका क्षेत्रमा कालोपत्रे गरियो । भलै मापदण्ड विवादमा निर्माण कार्य एकनाशे हुन सकेन् । कतै ७० त कतै ५२ अनि ४८ फिट कायम भए ।

इनरुवा बजारको मुख्य सडक खण्ड ढलनाला निर्माणकै क्रममा छ । बढीमा ५२ फिटमा सडक निर्माण गर्नेगरी ठेक्का अनुरुप काम अघि बढाइएको छ । सडक बन्दैगर्दा कहाँ कति फिट कायम होला भन्ने विषयमा भने स्वयं नगरवासी विश्वस्त देखिंदैनन् ।बजार क्षेत्रको व्यस्त सडक र सदरमुकामको मुटु मानिएको खण्ड ५२ फिटमा खुम्चँदा इनरुवाकै ग्रामिण वस्ती वडानम्वर ६ मा भने स्थानीयकै सहमति मुताबिक कम्तिमा ५६ फिट कायम गर्नेगरी निर्माण कार्य थाल्ने सहमति भएको छ ।वडाध्यक्ष कोषराज अधिकारी, कार्यपालिका सदस्य मनु चापागाई सहित स्थानीय अगुवा र सर्वसाधारण सम्मिलत भेलाले इनरुवा ५ देवेन्द्रचौकबाट साविक मधेशा ७, ६ हुँदै रामधुनीबाट पकली जोड्ने सडक कालोपत्रे सहितको निर्माण कार्यकालागि ५६ फिटे मापदण्ड लागु गर्ने सहमति गरेको हो ।छलफलका क्रममा ग्रामिण भेगको बाटो भएकाले ४० फिट मुनी बनाउँदा हुने केहिको तर्क र अडानका बाबजुत दीर्घगामी खाका महत्वपूर्ण हुने निष्कर्श सहित गाउँवासीको बहुमत पक्ष कम्तिमा पनि ५६ फिट हुनुपर्नेमा उभियो । फलस्वरुप कम्तिमा पनि ५६ फिटभित्र बाटो निर्माण थाल्ने सहमति भयो । वडाध्यक्ष कोषराज अधिकारीले स्थानीयको राय बुझ्न आयोजना गरिएको छलफल सकारात्मक रहेको र सोही म्यानडेड अनुसारको आवश्यक प्रकृया अघि बढाइने बताए ।

बिकास निर्माणको चरणमा विवाद उत्पन्न हुदा समग्र योजनानै प्रभावित हुन सक्ने भएकाले वडावासीहरुको उपस्थितिमा डाकिएको भेलाबाट सहमति कायम गराइएको कार्यपालिका सदस्य मनु चापागाईले बताइन् ।बन्न लागेको सडकको ७ मिटर भागमा कालोपत्रे हुनेछ । बाँकी भागमा सडक पेटी सहित ढलनाला निर्माण गरिने छ । यद्यपी पहिलो चरणमा यतिबेला संचालनमा आउन लागेको निर्माण कार्यमा नाला भने हुनेछैन् । आगामी वर्ष संचालन हुने योजना निरन्तरताको क्रममा ड्रेनसहितको नाला निर्माण थालिने वडा कार्यालयले जनाएको छ । साविक मधेशा ७ गुहार टोल खण्डको पिच रहेको भागबाट कालोपत्रे सडक सहितको निर्माण अघि बढ्ने छ ।

मधेशा खण्डमा करिव डेढ महिनाअघि मात्रै डीपीआरको काम सम्पन्न भएको थियो । प्रदेश सरकार मातहत रहनेगरी सम्पन्न डीपीआरमा ९८ फिट बाटो कायम गरिएपनि ग्रामिण भेगको बाटो भएकाले स्थानीय सरकार र गाउँवासीको सहमति कायम गरी कम्तिमा ५६ फिट नघट्ने गरी बाटो निर्माणको कार्य अघि बढाउन सकिने जनाइएको थियो ।सुरुवाती अवस्थामा साढे पाँच मिटर चौडाईको कालेपत्रे गर्ने भनिएपनि उक्त खण्डमा संचालनमा ल्याउन लागिएको योजनालाई प्रदेश सरकारले बुहवर्षिय योजनामा समावेश गरेसँगै पिचको चौडाई बढाएर ७ मिटर पुर्याइएको छ । सोही अनुरुपको निर्माण कार्य अघि बढाइन लागेको वडाले जनाएको छ । यतिबेला सुरु हुन लागेको पहिलो चरण अन्र्तगतको बिकासे कामकालागि प्रदेश सरकारको ९० लाख रकम खर्च हुँदैछ । वडाका अनुसार बहुवर्षिय योजना अन्र्तगत ४ वर्ष भित्रमा अनुमानित ६० करोड रकम बाटो निर्माणमा खर्च हुनेछ ।

सोही सडकमा संघीय सरकारको समेत १ करोड रकम बिनियोजन भै टेण्डर समेत लागिसकेको छ । सडक निर्माण सहितको योजना बहुवर्षिय अनुरुप संचालनमा आउन लागेले प्रदेश र संघीय सरकारबीच तालमेल गरी सडक निर्माणमा एकरुपता अनुरुपको काम थाल्न लागिएको निर्माण कार्यको समन्वयकारी भूमिका निर्वाह गर्दै आएका स्थानीय बाबुराम घिमिरेले जानकारी दिए ।सडक निर्माणको हल्ला भने वषौंदेखि चल्दै आएको थियो । गएको स्थानीय तह चुनावताका केही दलले देखावटी सर्वे गराएर मत हात पार्ने दाउ समेत गरेको पाइएको थियो । केहिअघिसम्म समेत आफुपायक पार्टीगत योजना पारेको दाबी गर्ने दलीय नेता तथा कार्यकर्ताहरु भने पछिल्लो समय वास्तविकता सामुन्ने आएसँगै पछि हटेका थिए ।

हाल निर्माण हुन लागेको सडक र बहुवर्षिय योजनामा अघि लैजान लागिएको निर्माण कार्य वडाका स्थानीय समाजसेवीहरु गिरीचन्द्र पोखरेल र बाबुराम घिमिरे सहितको पहलमा सम्भव बनेको हो । स्थानीय तहबाट चालिएको प्रयासलाई वडासँगको समन्वयमा आवश्यक प्रकृया अघि बढाउँदा इनरुवा नगरपालिकाको कार्यालय र प्रदेश एकका प्रमुख विपक्षी दलका नेता राजिब कोइराला सहितको साथ पायो । सोही अनुरुप प्रदेशबाट हुने बजेट बिनियोजन र शिर्षक किटानमा सघाउ पुर्याएको हो । संघीय बजेट समेत स्थानीयकै पहलमा सम्भव बनेको हो ।बिकास निर्माणमा अवरोध पुर्याउनु हुन्न भने वडावासी सहित सरोकारवालाबीच सबैको सोचमा एकमत हुँदा वडानम्वर ६ मा निर्माण हुन लागेको सडक निर्माणको कार्य नगरकै लागि नमूना बन्नेतर्फ उद्यत देखिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia