पथरी । फितलो प्रशासनका कारण मोरङको पथरीशनिश्चरेमा दिनप्रतिदिन हत्या र हिंसा बढेको भन्दै मृतक रिना बस्नेतका आफन्त र स्थानीय बासिन्दाले प्रहरीबिरुद्ध प्रर्दशन गर्नुका साथै पुर्बपश्चिम राजमार्ग बन्द गरेका छन ।

शुक्रबार राति पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही नगरेको भन्दै पथरी अशान्त बनेको हो । प्रर्दशनमा उत्रिएका स्थानीयले नाराबाजी सहित राजमार्ग बन्द गरेका छन । शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी बस्नेतको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै उनीहरु आन्दोलित भएका हुन। यसअघि पनि पथरीमा भएका पाँच वटा घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । ईलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरिक्षक कमल बजगाँई बिरुद्ध समेत स्थानीयले नाराबाजी गरेका छन ।


दिनप्रदिन पथरी अशान्त बन्दै गएपनि प्रहरीको निकम्मापनको कारण कुनैपनि घटनामा प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले बजगाँईको सरुवा हुनुपर्ने माग समेत अघि सारेका छन । यसअघि उद्योग बाणिज्य संघ पथरी र लायन्स क्लब पथरीले समेत सोही घटनाको निन्दा गर्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न र सत्यतथ्य सार्बजनिक गर्न माग गरेका छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia