- लुकमान अन्सारी

इनरुवा। हरिनगर गाउँपालीका २ स्थित सविक रामनगर भुटाहा ७ र वस्मतिया जोडने सडकमा रहेको नहरको डिलबाट लागू औषध सहित एक भारतिय पक्राउ परेको छ । शुक्रबार रातीे ९ बजे क्रममा मोटरसाइकलमा दुई जना भारतको बस्मतियाबाट लुकाएर ल्याउदै गरेको लागूऔषध सहित भुटाहा स्थित नहरको डिलबाट सशस्त्र प्रहरीले चेकजाँचको क्रममा एक भारतिय इरफान मियाँलाई लागू औषध सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बेसका इन्र्चाज धिरज गुरुङले बताए ।

दुईजना मध्य एक जना मोटरसाइकल चालक फरार भएको र मोटरसाइकल पछाडि बसेको एकजनालाई नियन्त्रणमा लिएको शस्त्र प्रहरी बल बेस क्याम्प भुटाहा ले जनाएको छ । सशस्त्र प्रहरी बल बेस क्याम्प र नेपाल प्रहरी चौकी भुटाहाका संयुक्त टोलीले भुटाहा र भारत वस्मतिया जोडने सडकमा गस्ति टोली र चेक जाँचको क्रममा एक भारतिय सहित ८१ थान कोरेक्स नियन्त्रणमा लिएको संयुक्त टोलीका नेपाल प्रहरी चौकी इन्चार्ज भेषराज दाहालले जनकारी गराए ।

सशस्त्र प्रहरी निरीक्षक गुरुङका अनुसार नेपालमा प्रतिबन्धित डिलेक्स डिसि ८१ थान सहित भारत बस्मतिया अररिया ११ बस्ने २८ वर्षी इरफान आलमलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ । र अर्को एक मोटरसाइकल सहित भारतीय व्याक्ति भाग्न सफल भएकोलाई समेत खोज तलास गरिरहेको र यि लागु औषध करोवारीको गर्ने नेपाल र भारत दुवै तिर ठुलो गिरोह रहेको उनीहरुलाई छिटौ भन्दा छिटौ कानुनिय दायरामा लियाउने इनेस्पेक्टर गुरुङले संचारलाई वताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia