सुनसरी। कृषि तथा पशुपंक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले दस बर्ष भित्र सबै नेपालीहरुको आफ्नै घर हुने बताएकी छिन । सरकारले आवास बिहीन,दलीत समुदाय, पिछडिएका समुदायहरुलाइ लक्षीत गरि तराई मधेस संबृध्द कार्यक्रम अतरगत तराईको २२ जिल्लामा चलीरहेको मन्त्री चौधरीले बताइन ।

रामधुनी वडा नं.-९ को आयोजनामा सामुहीक आवास निर्माण कार्यक्रम शिलान्यास गर्दै राज्य मन्त्री चौधरीले डुम्राहा स्थित दलीत समुदायहरुको लागि १९ घर निर्माण हुने बताएकी छिन । यो कार्यक्रम आगुम बर्ष पनि चल्ने र यो बर्ष नपाउनेहरुले अर्को बर्ष पाउने मन्त्री चौधरीले बताइन । सरकारले बृद्ध भता वृद्धि गर्ने, बेरोजगार युवाहरुलाइ रोजगारी सृजना गर्ने गरि नयाँ बजेट आउने राज्य मन्त्री चौधरीले बताइन ।










