- दिपेन्द्र यादव

इनरुवा। ट्युवेल (कल) वितरणको नाममा भोक्राहा नरसिंह गाउँपालिका ७ का वडाध्यक्ष रामचन्द्र यादवले भ्रष्टचार गरेको स्थानीयबासीहरुले आरोप लगाएका छन्। वडा स्तरीय योजना अन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का वडाध्यक्ष यादव र वडा सचिव ब्रहमदेव साहको मिलोमतोमा ट्युवेल(कल) वितरणको नाममा भ्रष्टचार गरेको भोक्राहा ७ का मण्डल समुदायका स्थानीयहरुले आरोप लगाएका हुन् ।

वडाध्यक्ष यादव र वडा सचिव साहले १ लाख रुपैँयाको वजेटमा १८ थान कल खरिद गरेपनि ४ थान मात्र वितरण गरेको स्थानीयवासीहरुले आरोप लगाएका छन्। वडाध्यक्ष यादवका अनुसार गोलाहाय यादव, मनिचर खत्वे, मुकेश यादव, लक्ष्मी यादव गरी ४ जनालाई कल वितरण गरिएको स्विकार गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia