सुनसरी सदरमुकाम इनरुवामा आजबाट दोस्रो प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता इनरुवा नगरपालिका र शान्तिदीप नेपालले संयुक्त रुपमा संचालनमा ल्याएको हो ।

महेन्द्रचौकमा सुरु प्रतियोगिताको इनरुवा नगरपालिका प्रमुख राजन मेहताले औपचारिक उद्घाटन गर्नु भएको छ । प्रतियोगिता अन्र्तगत उद्घाटन खेल इनरुवा भलिबल क्लब इनरुवा र नेपाल पुलिस क्लब रानीबीच सम्पन्न भएको छ ।

बेस्ट अफ फाइबका आधारमा खेलाइएको खेलमा तीन सेट जित्दै इनरुवा बिजयी भएको छ । पहिला सेट इनरुवाले २६–२४ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पुलिसले एक पक्षिय नतिजा निकाल्दै २५–१० को स्कोरमा इनरुवालाई पाखा लगाउँदै खेलमा फर्किएको थियो ।

तेस्रो सेटमा पूनः इनरुवाले २५–२० को स्कोरमा पुलिसलाई हरायो र चौथो सेटमा समेत पुलिसमाथि हावि बन्दै इनरुवाले २५–१६ को सेटमा जित निकाल्दै उद्घाटन खेल आफ्नो पक्षमा पार्न सफल भयो । उक्त खेलको म्यान अफ दी म्याच इनरुवाका कृष्ण थापा घोषित भए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia