इनरुवा। सुनसरी सदरमुकाम इनरुवा १ स्थित मंगलबार दिउँसै दुई वटा सुनचाँदी पसलमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको कडा सुरक्षा निगरानीमा रहेको सुनचाँदी लाईनमा संचालित दुई वटा पसलमा एक जना चोरले दिउसै चोरी गर्न सफल भएको छ । राष्ट्रिय बाणिज्य बैंक इनरुवा शाखा मुनि रहेको जयदुर्गा ज्वेलर्स र पुरानो गणेश मन्दिर छेउ रहेको नागमणि ज्वेलर्समा दिउँसै चोरी भएको हो ।

ग्राहक बनेर पसलमा पसेको र त्यहाँ सुनको गहना हेर्ने क्रममा गोजीमा हालेर भागेको जयदुर्गा ज्वेलर्सका प्रोपाईटर बद्री स्वर्णकारले बताए । त्यसैगरी सो चोरले नै नगमणि ज्वेलर्समा समेत चोरी गरेको तस्विर सिसीटिभी क्यामेरामा कैद भएको देखिन्छ । नागमणि ज्वेलर्सको गहना राख्ने काउण्टरको र्याक खोली सुनको २ वटा चाँद चोरी गरी गोजीमा हालेर फरार भएको देखिन्छ । नागमणि ज्वेलर्सका प्रोपाईटर दिलीप सोनी पसलमा रहेकै बेला चोरले र्याक खोली सुनको गहना चोरी गर्न सफल भएको हो ।

रातोकालो पल्सर मोटरसाईकलमा चढेर आएका एक जना चोरले इनरुवाको मुख्य बजारमा दिनदहाडे जयदुर्गा ज्वेलर्स र नगमणि ज्वेलर्समा चोरी गरी फरार भएको हो । हेलमेट लगाएकोले चोरको अनुहार भने प्रस्ट रुपमा देखिएन । सिसिटीभी क्यामेरामा कैद भएको चोरको तस्विर स्पष्ट रुपमा नदेखिएपनि चोरले प्रयोग गरेको मोटरसाईकलको भने स्पष्ट रुपमा देखिएको छ । निलो भेष्ट र कालो जिन्स पाईन्ट लगाएको र अनुहार नदेखिने गरी हेलमेट लगाई चोरले चोरी गरेको हो । यता जिल्ला प्रहरी कार्यालय सुनसरीले चोरी गरेको आरोपमा एक जना युवालाई अनुसन्धानका लागि चोरी भएको केही बेरमै पक्राउ गरी अनुसन्धान थालेको सुनसरीका एसपी राजन अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia