- प्रमोद कुमार यादव

इनरुवा । सुनसरीको गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले दिगो विकास र समृद्ध गाउँपालिकाको परिकल्पना सहित सडक, खानोपानी, सरसफाई, शिक्षा, स्वास्थ्य, विजुली र आधुनिक कृषि खेती लगायतका विषयलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिका अघि बढिरहेको बताएका छन् ।

सबै वडा कार्यालयमा सडक बाटो, सबै बस्तीमा स्वच्छ खानेपानी, युवा स्वरोजगार, सर्वसुलभ र समान शिक्षा, कृषिमा आधुनिकरण र घरघरमा गाउँपालिकाको सेवा लक्ष्य सहीत काम कारवाही पनि अघि बढीरहेको अध्यक्ष यादवले बताएका छन् । जनताको आवश्यकता धेरै भएको बताउँदै ति आवश्यकता पुरा गर्नको लागि गढी गाउँपालिकाका जनप्रतिनिधीहरु हरेक पल लागि परेको अध्यक्ष यादवले बताए । गाउँपालिकाले तय गरेको विकास नीति, जनताको जीवन स्तरमा ल्याउन सक्ने सुधार र विकास निर्माणमा समान सहभागिताका विषयमा गाउँपालिकाका जनप्रतिनिधी गम्भिर रहेको उनको भनाई छ ।

इनरुवा अनलाइनसँग कुराकानी गर्दै गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले गाउँपालिका बासिलाईको आवश्यकतालाई मध्यनजर गर्दे विकास निर्माण कार्य संचालन गरी रहेको बताएका हुन् । गाउँपालिकामा विकास निर्माण सम्बन्धि धेरै योजना संचालन भई रहेकोले त्यसको सदुपयोग गर्दे नमूना गढी गाउँपालिका निर्माण अभियानमा जुट्न अध्यक्ष श्रीप्रसाद यादवले सबैलाई आग्रह गरेका छन् । अध्यक्ष यादवले गाउँपालिकाको विकास निर्माणको काम पारदर्शि ढंगले अघि बढी रहेको बताए । यस्तै गढी गाउँपालिकाकी उपाध्यक्ष राजकुमारी चौधरीले विकासमा पनि समान सहभागिता, महिलाको आयआर्जन र आत्मनिर्भरका कार्यक्रमलाई अघि सारेर काम गरिरहेको बताएकी छिन् । बाटो, खानेपानी, कृषि, संचारलाई पहिलो प्राथमिकतामा राखिएको उनले बताईन ।

विकास निर्माणका काम जनताको भावना र चाहना अनुसार संचालन भई रहेको उनले जानकारी दिईन । उपाध्यक्ष चौधरीले गाउँ सभाको नीति अनुसार नै गढी गाउँपालिकामा विकास निर्माणका काम सञ्चालन भईरहेका बताएकी छिन् । गाउँपालिकाका प्रशासकिय अधिकृत भक्त बहादुर भटट्राईले गाउँपालिकाको नेतृत्वको कार्यशैली र योग्य व्यक्तित्वकै कारण अन्य स्थानीय तहको अनुपातमा विकास निर्माणका काम अघि बढेको र त्यसको निरन्तरताका लागि प्रतिवद्ध भएर लाग्ने बताए ।

गाउँपालिकामा रहेका सडको विकास, स्तरोन्ती र त्यसको उपयोग प्रभावकारी रुपमा गर्न गढी गाउँपालिकाले अगामी आर्थिक बर्षमा थप प्रभाकारी रुपमा योजना ल्याउने तयारी गरी रहेको गढी गाउँपालिकाका लेखा अधिकृत दिल बहादुर खड्काले बताए । प्रत्येक योजनाको अनुगमन नभएसम्म योजनाको भुक्तानी नदिने गरेको अवगत गराउँदै उनले देखिने गरि विकास निर्माणका काम भएको बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia