इस्लाम धर्मावलम्बीहरु आज इद उल फित्र मनाई रहेका छन् । मुस्लिम समूदायले पवित्र महिना रमजानको एक महिने अवधी ब्रत बस्ने गर्छन् । एक महिने ब्रतको समापनसँगै मुस्लिम समूदाय मस्जिद र इदगाहमा भेला भई सामूहिक रुपमा विशेष नमाज पढ्ने गर्छन् ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.855861141478879/855860074812319/?type=3&theater
नमाज पश्चात एक आपसका खुशी साटासाट गरि यतिबेला उनीहरु इद उल फित्र मनाई रहेका छन् । विश्वभरका मुस्लिम समूदायले इद उल फित्र मनाइरहँदा नेपालमा बसोबास गर्ने इस्लाम धर्मावलम्बीहरुले समेत हर्षोल्लास पूर्ण पर्व मनाइरहेका छन् । नेपालकै ठुलो मानिने सुनसरीको भुटाहामा मुस्लिम समुदायको बाक्लो उपस्थितीकाबिच इद उल फित्र मनाएका छन् ।
इदगाहमा ठुलो संख्यामा उपस्थित मुस्लिम समुदाय एकसाथ विशेष नमाजमा सरिक भएका थिए ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.855861141478879/855860094812317/?type=3&theater
नमाज पश्चात एकआपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गरेका मुस्लिम समुदायले मुलुकको समृद्धि र आपसी भाईचाराको कामना समेत गरेका छन् । हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले भुटाहाको इदगाह मुलुककै ठुलो भएको र सामूहिक रुपमा मुलुकको समृद्धि सहितको कामना गर्दै एकआपसमा शुभकामना साटासाट गरिएको बताउनु भयो । रमजानको महिनामा इस्लाम धर्मावलम्बीहरुले एक महिना सम्म उपवास वस्ने गर्छन । अर्को महिनाको पहिलो दिन चन्द्रमा हेरेपछि व्रत समापनसँगै विशेष नमाज पढे पश्चात एक अर्कामा खुशियाली साटासाट गरी मिष्टान्न खाँदै पर्व मनाउने गरिन्छ । पर्वको अवसरमा गरिब दुःखीहरुलाई मुस्लिम समूदायले यथासक्य सहयोग समेत बाढ्ने गर्छन् ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.855861141478879/855860101478983/?type=3&theater

तपाईको प्रतिक्रिया

trusted online casino malaysia