- दिपेन्द्र यादव

इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शपथ ग्रहण कार्यक्रम तथा प्रथम बैठक समपन्न भएको छ। नेकपाको भोक्राहा नरसिंह गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथ ग्रहण तथा प्रथम बैठकको आयोजना गरिएको थियो।

नवनिवार्चित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण कार्यक्रमका प्रमुख अथिति तथा नेकपाका केन्द्रिय कमिटीका सदस्य धर्मराज निरौला, बिशिष्ट अथिती प्रदेश नम्बर १ का कृषि तथा पशुपंक्षी राज्य मन्त्री राजकुमारी चौधरी, पार्टी केन्द्रिय कमिटी सदस्य महफुज अंसारी, प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी अध्यक्ष योगेन्द्र मण्डल (पप्पु), प्रदेश कमिटी सदस्य किरण कार्की, पोष्ट कुमार नेपाल, जिल्ला कमिटी सदस्य गोविन्द निरौला, पर्शुराम यादव, हिरालाल मेहता, अजय कुसियैत लगायतको उपस्थिति रहेको थियो।

शपथ ग्रहण कार्यक्रममा गाउँपालिका स्तरीय समितीका अध्यक्ष हेम नारायण मण्डल, सचिव राम कुमार मेहता, सदस्य हात्तिम अंसारी, ललित थापा, बसरुदिन मंसुरी, कारी यादव, पुनम साह, बेचन यादव, प्रमेशवर साह, भुपेन्द्र साह लगायतका ७५ जना कार्य समिती सदस्यहरुले शपथ ग्रहण गरेका हुन।

कार्यक्रममा बोल्दै बिशिष्ठ अथिती एवम प्रदेश नम्बर १ का कृषि तथा पशुपंक्षी राज्य मन्त्री चौधरीले पार्टी एकताको पूर्णतासँगै अब पार्टीको अभियानलाई गाउँ केन्द्रित बनाइने बताइन्। उनले नेकपाको सरकारले जनताको आधारभूत आवश्यकतालाई पुरा गर्नकालागि प्राथमिकताका साथ काम गरिरहेको बताउँदै आर्थिक विकास र रोजगारी सिर्जनालाई जोड दिइने बताइन्। कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष योगेन्द्र मण्डल (पप्पु)ले पार्टीलाई एकताबद्ध रुपमा शसक्त बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए। यता शपथ ग्रहण कार्यक्रम तथा प्रथम बैठकमा भोक्राहा नरसिंह गाउँपालिकाको गाउँ कमिटी अध्यक्ष हेमनारायण मण्डलको अध्यक्षता, हात्तिम अंसारीको स्वागत मन्तव्य र सचिव रामकुमार मेहताको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia