दुहवी। नोवेल अस्पताल विराटनगरमा स्थानिय एक जना व्याक्तिको मृत्यु भएको कारणले गर्दा दुहवीका स्थानीयले दुहवी बजार बन्द गराएका छन। आईतबार नोवेल अस्पताल विराटनगरमा दुहवीका ५ का स्थानीय तथा रमपम उद्योगको प्रोडक्सन इन्चार्ज अनिल कुमार शाहको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै स्थानीयले दुहवी बजार बन्द गराएका हुन ।

आईतबार दिनभर नोवेल अस्पतालमा तनाब भएको थियो। नोबेल अस्पतालको लापरवाहीले शाहको मृत्यु भएको भन्दै अस्पताल अगाडि दुहवीका सर्वसाधरणहरुले प्रदर्शन गरेका थिए । अस्पताल प्रशासन र स्थानीय बीच ३ घण्टा लामो वार्ता निश्कर्ष बिहिन बने पछि सोमबार विहानै देखि स्थानीले दुहवी बजार बन्द गराएका हुन। अस्पतालको लापारबाहिले घुडाको अप्रेसन गर्दा ज्यान गएको भन्दै प्रदर्शन सुरु गरेका हुन। आफन्त तथा दुहबीका स्थानीयहरुले अस्पताल घेराउ गरी नाराबाजी सुरु गरेका हुन । दुहवी इटहरी सडक खण्ड पूर्ण रुपमा बन्द गराएका छन भने स्थानीयले यातायातका सवारी साधन समेत चल्न दिएका छैन्न।








