DSC02092

इनरुवा पुष १४/
सुनसरी सदरमुकाम इनरुवामा मधेशी विद्यार्थीहरुले आज प्रर्दशन गरेका छन् ।
सुनसरी बहुमुखी क्याम्पसमा अध्ययनरत मधेशी विद्यार्थीहरुले सरकारको विरोध जनाउँदै प्रहरी दमन विरुद्ध नाराबाजी गरेका हुन् ।
बिराटनगर घटनामा सद्भावना अध्यक्ष राजेन्द्र महतो घाइते भएको प्रति आक्रोस पोखेका विद्यार्थीहरुले दोषी प्रहरी उपर कार्वाहीको माग गरेका थिए ।

birodh julus
प्रहरी प्रशासन आन्दोलनलाई दबाउन लागि परेको भन्दै उनिहरुले आन्दोलनकारी माथिको प्रहरी ज्यादति बन्द गरिनुपर्ने माग गरे ।
आन्दोलनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका तबरेज आलमका दोषी प्रहरीलाई कार्वाहीको समेत माग गरेका उनिहरुले सरकार उदाषिन बनेको भन्दै वार्ताको ठोस वातावरण सीर्जना गर्न माग गरे ।

DSC02093
सुनसरी क्यामपसबाट निस्केको विरोध र्यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । र्यालीमा मधेशी मोर्चाका जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।विरोध र्यालीमा स्थानीय बोर्डिङ स्कुलका बालबालिकाको समेत प्रयोग भएको प्रति भने स्थानीय मानवअधिकारकर्मी लगायतकाले असन्तुष्टि व्यक्त गरेका थिए ।

भिडियोको लागि क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया

trusted online casino malaysia