- नसीम अन्सारी

इनरुवा। सुनसरी जिल्लाकाे भुटाहामा मुस्लिम समुदायहरुले बक्र इर्दमा सरकारले सार्वजनिक बिदा नदिइएको भन्दै मुस्लिम समूदायले कालो छाता ओढेर सरकारको बिरोध गरेको छन् । मुस्लिम धर्मावलम्बीहरुको महान दोस्रो पर्वलाई सरकारले उपेक्षा गरेको भन्दै सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा रहेको इदगाहमा कालो छाता ओढेर बिरोध जनाइएको हो ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.901330796931913/901326720265654/?type=3&theater
भुटाहाको ईदगाह नेपालकै ठूलो रहेको ईदगाहा विशेष नमाजका लागि भेला भएका मुस्लिम समूदायले आफुहरुको पर्वलाई सरकारले बेवास्ता गरेको भन्दै बिरोध जनाएका हुन् । गाउँपालिका अध्यक्ष तथा मुस्लिम अगुवा गफार अन्सारीले सरकारले मुस्लिम समूदायमाथि भेदभाव गरेको आरोप समेत लगाउनु भयो ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.901330796931913/901326676932325/?type=3&theater
सबै जातजाति र वर्गलाई समान व्यवहार नगरिएकाले विशेष पर्वका बाबजुत सरकारको बिरोधमा उत्रन बाध्य भएको अन्सारीले बताए । सरकारी बेवास्ता र उपेक्षामा परेको बताउने सुनसरीका मुस्लिम अगुवाहरुले केन्द्रमा रहेर मुस्लिक नेता तथा माननीय सांसद र हकअधिकारको वकालत गर्नेमाथि आक्रोस समेत पोखेका छन् ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.901330796931913/901326693598990/?type=3&theater

तपाईको प्रतिक्रिया

trusted online casino malaysia