जेष्ठ नागरिककालागि सरकारी भत्ता छँदैछ । उमेर ढल्कँदै जाँदा फुक्लेका दाँतका कारण थोते बन्नु पर्ने अवस्थाबाट समेत वृद्धवृद्धाले छुटकारा पाउने भएका छन् । यो खबर हो सुनसरीको बर्जु गाउँपालिकाको । गाउँपालिकाको कार्यालयले जेष्ठ नागरिकका हकमा दाँत उपहार कार्यक्रम संचालनमा ल्याउन लागेको छ ।

जेष्ठ नागरिकको सम्मानकालागि दाँत उपहार कार्यक्रम संचालनमा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले जानकारी दिनु भयो । अध्यक्ष चौधरीले भने, “सरकारले जिविकोपार्जनमा सघाउ पुर्याउन भत्ता दियो । हामीले थप हौसला र आत्मसम्मान बढाउन जेष्ठ नागरिककालागि दाँत उपहार कार्यक्रम संचालनमा ल्याउन लागेको हौं ।”

गाउँपालिकाको कार्यालयका अनुसार गाउँमा ७० वर्ष माथिका जेष्ठ नागरिकको संख्या १५ सय छ । सोही संख्यालाई मध्यनजर गर्दै दाँत लगाईदिने कार्यक्रम अघि बढाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताउनु भयो ।

बढ्दो उमेरसँगै झरेका र फुक्लिएका दाँतका कारण थोते बन्नु पर्ने अवस्थाबाट छुटकारा मिल्ने भएकाले समेत गाउँपालिकाको अभियान स्थानीय स्तरमा रुचाइने कार्यालयको विश्वास छ ।
गाउँपालिकाको कार्यालयले यसअघिनै स्वास्थ्य चेकजाँचमा पहुँच बढाउदै कुपोषणलाई अन्त्य गर्ने योजनाका साथ नियमित रुपमा स्वास्थ्य संस्थामा परीक्षण गराउन पुग्ने गर्भवती महिलाकालागि अण्डा उपहार कार्यक्रम अघि बढाइएको जनाएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia