भुटाहा। सुनसरीकाे हरिनगर गाउँपालिकाले पुर्व घुस्की गाविस हाल हरिनगर गाउँपालिका वडा नम्बर ६ घुस्कीमा सात दशक पछि ६ नम्बर वडा कार्यालयकाे भवन शिलान्यास भएको छ । हरिनगर गाउँपालिकाको घुस्कीमा निर्माण हुने लागेकाे उक्त वडा कार्यालय भवन ६ नम्बर वडा कार्यालयले मंगलबार एक कार्यक्रम आयाेजना गरि शिलान्यास गरेको छ। कार्यक्रमकाे प्रमुख अथिति तथा हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी विशिष्ट अथिति गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगत र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बाहादुर कार्की ६ नम्बर वडा अध्यक्ष इस्राईल अन्सारी तथा ७ नम्बर वडा अध्यक्ष नसीर खाँले संयुक्त रुपमा शिलन्यास गरेका हुन् ।

कार्यक्रममा प्रमुख अथिति तथा गाउँपालिका अध्यक्ष गफार अन्सारीले हरिनगर गाउँपालिकाले कानून निर्माणदेखि लिएर पूर्वाधार निर्माणसम्मका कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताए। वडास्तरमा सेवा केन्द्र सरहका सेवा प्रवाह गर्ने गरी तिनको व्यवस्थापनको काम भइरहेको उल्लेख गर्दै अध्यक्ष अन्सारीले ‘समृद्ध हरिनगर,सुखी जनताको सङ्कल्प’अनुरुप जनप्रतिनिधिहरु खट्ने बताए ।

शिलान्यास कार्यक्रममा हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, उपाध्यक्ष रिमझिम भगत, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बाहादुर कार्की नेपाली काङ्ग्रेस घुस्कीका सभापति सदरुल अन्सारी, नेकपा जिल्ला सदस्य दिलाे आलम, गाउँपालिका याेजना प्रमुख रमेश सर्णकार, सब इञ्जिनीयर बिकेश कुमार मेहता, ६ नम्बर वडाध्यक्ष इस्सराईल अन्सारी ७ नम्बर वडाअध्यक्ष नसिर खाँ, ६ नम्बर वडा सदस्य दाबुद अन्सारी, ६ नम्बर वडा सचिव शमिम अन्सारी, एलायन्स नेपाल संस्थाका अध्यक्ष नईम अन्सारी, घुस्की प्रहरी चाैकीका प्रमुख, सशस्त्रका प्रहरी बल घुस्की प्रमुख सहित दुबै वडाका वडासदस्यहरु जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिथि, नागरिक अगुवा लगायतकाे सहभागिता रहेको थियोे । उक्त कार्यक्रम ६ नम्बर वडा सचिव समिम अन्सारीले संचालन गरेको थियो । वडा कार्यालय भवन निर्माणका लागि गाउँपालिकाले चालू आवमा वडा कार्यालय भवनको लागि रु २३ लाख १३ हजार ८ सय ४८ रुपैयाकाे बजेट विनियोजन गरेको योजना प्रमुख सब इञ्जिनीयर बिकेश कुमार मेहताले जानकारी दिनुभयो। उक्त भवन ०७७ साउन १५ गते निर्माण सक्ने गरी निर्माणको जिम्मा अरिम कन्ट्रक्सन निर्माण सेवा प्रा.लि. ले ठेक्का पाएको छ ।








