इनरुवा/संचारकर्मी रबि लामिछानेको समर्थनमा भोलि सुनसरीको सदरमुकाम इनरुवामा प्रर्दशन गर्न लागिएको छ । न्युज २४ को कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रबि लामिछानेलाई सुनियोजित तवरमा फँसाउने प्रयास गरिएको भन्दै स्थानीयहरुले दबाब मूलक प्रर्दशनको आयोजना गर्न लागेका हुन् ।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या अनुसन्धानको नाममा पक्राउ गरिएका संचारकर्मीद्वय लामिछाने र युबराज कंडेलको विषयमा निष्पक्ष छानविन हुनु पर्ने माग सहित सदरमुकाममा प्रर्दशन गर्न लागिएको राकेश निरौलाले बताए । चौतर्फी रुपमा लामिछानेको पक्षमा आवाज उठ्न थालेसँगै स्थानीय नगरवासीसँगको सहकार्यमा र्याली सहितको प्रर्दशन आयोजना गर्न लागिएको बताइको छ । इनरुवाको शान्तिचौकमा भोलि अपरान्ह ४ बजे भेला भई नगर परिक्रमा सहितको कार्यक्रम गर्न लागिएको निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia