इनरुवा। सुनसरीको सदरमुकाम इनरुवामा नगरपालिकाले सनिबार तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलको पहल र अगुवाई नगर क्षेत्रका महिलाहरु लगि समूहिक तिज विषेश कार्यक्रम सम्पन्न भएको हो । इनरुवा १ भगवती मन्दीर अगाडी भगवती मावीको मैदानमा भव्य तिज विषेश सांस्कृतिक कार्यक्रम गरेको उपप्रमुख जमुना गौतम पोखरेलले जानकारी दिनुभयो ।

इनरुवा नगरउपप्रमुख सहितका नगरभरीको महिलाहरुको उपस्थितीमा भएको तिज विषेश कार्यक्रममा महिलाहरुले मौलिक गीत र नृत्य प्रस्तुत गर्नुभएको थियो । प्रदेश एकका उपसभामुख सरस्वती पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तिजका भाकाहरुमा महिलाहरुले नृत्य तथा गीत गाएका सहभागी साझेदारी नेपालका अध्यक्ष सोनी यादवले जानकारी दिनुभयो ।

उपसभामुख पोखरेलले प्रमुख अतिथीको मन्तव्य राख्नुहुदै तिजमा आफ्नो क्षमता अनुसार पर्व मनाउन र मौलिकतामा जोड दिन आग्रह गर्नुभयो । वहाँले मौलिक पर्व तिजलाई भड्कीलो वनाउन नहुने भन्दै आनन्द मनले जेससो खाए पनि रमाईलो हुने र विचलित मनले ८४ व्यन्जन खाए पनि मनमा शान्ति नमिल्ने वताउनुभयो । तिजको अवसरमा सवैलाई उहाँले शुभकामना समेत व्यक्त गर्नुभयो । पोखरेलले नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजमा सबै धर्म समुदायको उत्सहाजन सहभागिताको प्रसंसा समेत गर्नुभयो । वहाँले जित नजिकीन एक महिना अगावैदेवी पनि बजारमा किनमेल गर्ने र चेलीहरु माईत जानेको चहल पहल बढ्ने गरेकोमा यो तिजको पूर्व सन्ध्यामा भएको कार्यक्रम निकै रमाईलो र सन्देश मुलक भएको बताउनुभयो । वहाँले तिजमा महिलाहरु भडकिलो नभई दशै, तिहार लगायतका पर्वहरुमा पुरुषहरुको कायैशैली भड्किलो भएको बताउनुभयो । वहाँले अरु पर्व जतिको भडकिलो तिज नभएको समेत बताउनुभयो ।

कार्यक्रममा प्रगतिशिल समाज सुनसरीको महिलाहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गर्नुभएको समाजकी अध्यक्ष टिका आर्चायले जानकारी दिनुभयो । त्यसैगरी संगिनि नृत्य महिला मैत्री समाजले प्रस्तुत गरेको समाजकी अध्यक्ष अम्बिका घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा मधेसी , पहाडी सबै समुदायका महिलाहरु सामूहिक रुपमा दर खाएर नाचगान गरेको कार्यक्रम संचाकिका अनुशा दालाहले जानकारी दिनुभयो । कार्यक्रममा सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेल, इनरुवाका कार्यपालिका सदस्य मनु चपागाई, वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव, रामचन्द्र पौदार, कालुराम गुरुगं, नेपाल पत्रकार महासंघ प्रदेश एकका सदस्य जयकृष्ण यादव, प्रधानाध्यापक गंगा पौडेल बराल लगायतको उपस्थिती रहेको थियो । तिज विषेश कार्यक्रममा नगर क्षेत्रका सयौं महिलाहरुको उपस्थिति रहेको थियो ।

यसैबीच तिज विशेष कार्यक्रममा नगरको महिला जेष्ठ नागरिक कृष्णदेवी बस्नेत, प्रधानाध्यापक गंगा पौडेल, साहित्यकार विमला पोखरेल, समाजसेवी मिरा पोखरेल , प्रदेश सांसद ज्योति सुव्वा र प्रदेश एकका उपसभामुख सरस्वती पोखरेलले सम्मान गरेको छ । सरकारी तवरबाट पहिलो पटक गरिएको कार्यक्रममा महिलाहरुको समान्न, उत्थान र नेतृत्व विकासका लागि सम्मान गरेको कार्यक्रम संयोजक तथा इनरुवाका उपप्रमुख जमुना गौतम पोखरेलले बताउनुभयो । यतापछिल्लो केही दिन यता साडी,चुरा,पोते,लगायतको व्यापार बढेको व्यवसायीहरुले बताएका छन् । पर्सी सोमबा नेपाली हिन्दु नारीहरुले तीज मनाउँदै छन् । तीज आउन दुई दिन बाँकी हुँदा सामुहिक रुपमा दर खाने र नाचगान गर्ने लगायतका कार्यक्रमहरु ठाउँठाउँमा भईरहेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia