इनरुवा। कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रमा जङ्गली हात्तिको आक्रमणमा परी एकजनाको ज्यान गएको छ । आरक्ष नजिकैको खहरे खोलामा माछा मार्ने क्रममा हात्तिको आक्रमणमा परी कोशी गाउँपालिका वडा नम्वर ३ का ३२ वर्षिय अनमोल मुखियाको ज्यान गएको हो ।

माछा मार्नकालागि तीन दाजुभाई खोला तर्फ संगै हिंडेका थिए । झ्याङ्गमा लुकेको हात्ति देख्नासाथ दुईजना भाग्न सफल भएपनि अनमोल भने उम्कन सकेनन् र हात्तिको आक्रमणमा परी उनको ज्यान गयो । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले माछा मार्न खोला तर्फ जाँदै गरेका अन्य व्यक्तिहरु भागे पनि अनमोललाई हात्तिले सुँडले समातेर मारेको बुझिन आएको बताए । तस्बिरः सामाजिक सञ्जाल

तपाईको प्रतिक्रिया

trusted online casino malaysia