असोज २४ इनरुवा ।
लामो रस्साकस्सीका बाबजुत एमाले अध्यक्ष केपी ओली मुलुकको नयाँ प्रधानमंत्री बन्न सफल भएकोमा एमाले भातृ संगठन युवा संघ इनरुवा नगर कमिटीले खुशियाली साटासाट गरेको छ ।
इनरुवा नगर कमिटीले आज साँझ सदरमुकाममा पार्टी अध्यक्ष केपी ओली प्रधानमंत्री बन्न सफल भएकोमा बधाई दिँदै आपसमा खुशियाली साटासाटको कार्यक्रम आयोजना गरेको हो । नगर अध्यक्ष पुकार पोखरेल नेतृत्वमा भेला भएका युवाहरुले मुलुकले नयाँ प्रधानमंत्रीका रुपमा ओलीलाई पाएकोमा खुशि साटासाट गर्दै दीप प्रजज्वलन समेत गरेका छन् । कार्यक्रममा अन्य सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
मुलुकको ३८ औं प्रधानमंत्री बन्ने क्रममा केपी शर्मा ओलीले काँग्रेस सभापति समेत रहेका पूर्व प्रधानमंत्री शुशिल कोइरालालाई पराजित गरेका हुन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia