मनमोहन मेमोरियल क्रिकेट सेन्टरको सुनसरी जिल्ला कमिटी गठन भएको छ । घनश्याम अधिकारीको अध्यक्ष्तामा गठित जिल्ला कमिटीको उपाध्यक्ष क्रमशः शत्रुघन चौधरी र बिनोद घिमिरे रहनु भएको छ ।

त्यसैगरी सचिवमा मेघराज न्यौपाने, सह–सचिव दिपेश ढकाल र कोषाध्यक्षमा दिपक कार्की छानिएको मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश एकका अध्यक्ष विप्लव घोषले जानकारी दिनुभयो । जिल्ला कमिटीले इनरुवामा संचालन हुने दोस्रो मनमोहन कप एक दिवशीय क्रिकेट प्रतियोगिताको तयारीमा जोड दिने बताइएको छ । त्यसका अलावा स्थानीय तवरमा क्रिकेटका अन्य प्रतियोगिता आयोजना गराउनुकासाथै खेलाडी उत्पादनलाई जोड दिइने जिल्ला कमिटीका अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia