बोनम्यारो पीडित शिक्षक सरोज दुलालको गयराती निधन भएको छ। स्थानीय दाता सहित सहयोगीहरुबाट खर्च जुटाई उपचारकालागि भेलोर स्थित सीएमसी अस्पताल पुर्याइएका दुलालको उपचारका क्रममा ज्यान गएको हो । दुलाल निकट जानकारहरुका अनुसार उपचारकालागि अस्पताल पुर्याउन ढिलाई हुँदा उनको मृत्यु भएको हो ।

दुलाल बचाउ अभियानमा जुटेका शिक्षक सरोज दुलालले दिएको जानकारी अनुसार अस्पताल पुर्याउदाको अवस्थामै बिरामीको स्वास्थ्य अवस्था कमजोर र जटिल बनिसकेको थियो । उनले आफुलाई प्राप्त जानकारी अनुसार भने, “अस्पतालमा भर्ना गर्दाको अवस्थामा चिकित्सकहरुले बिरामीको अवस्था अन्यन्तै कमजोर भैसकेको बताएका रहेछन् । सायद अलिछिटो उपचारकालागि अस्पताल पुर्याउन सकेको भए उनी बाँच्थे होलान।” लामो सयमयता बोनम्यारो समस्याका कारण थलिएका दुलाललाई खर्च अभावकै कारण केहिसमय अघि अस्पतालबाट घर फर्काइएको थियो । अस्पतालले बढीमा दुई महिना भित्र बोनम्यारो ट्रान्सप्लान्ट नगरिए बिरामीको मृत्यु हुने बताएको थियो । उच्च ज्वरो सहित रगत बग्ने समस्यासँग जुध्दै स्थानीयस्तरमा सामान्य रोकथामको उपचार गराउँदै आएका दुलालको उपचारकालागि करिब २० लाख खर्च हुने अनुमान गरिएको थियो । सहयोग रकम संकलन हुन केही समय लागेपनि खर्च जुटाएर अस्पताल पुर्याइएका दुलाल बाँच्न भने सकेनन् । बिरामीलाई प्लेनले लैजान नमानेपछि ट्रेनबाट लगिएको थियो । दुलालको उपचारकालागि इनरुवा नगरपालिका सहित नगरभरका विद्यालय, स्थानीय सहित देश विदेशबाट सहयोग रकम जुटेको थियो । दुलालका श्रीमती र सानी छोरी छन् । दुलाल बलाहाको नवयुग एकेडेमीका शिक्षक थिए । स्व. शिक्षक सरोज दुलालप्रति इनरुवा अनलाईन परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ साथै उनका परिवारलाई यस प्रलयको क्षणमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia