- दिलिप कुमार साह

राजविराज । तीन बुँदै माग राख्दै तीन जिल्लाका कोशी पीडित किसानहरु एक महिनादेखि रिले अनसनमा बसेका छन् । कोसी सम्झौता कार्यान्वयन गरी क्षतिपूर्ति र मुआब्जा दिन माग गर्दै उनीहरूले विगत एक महिनादेखि अनशन सुरु गरेका थिए । कोसी नदी कटान–डुबान पीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरको अगुवाइमा पूर्वी कन्ट्रोल रुमआगाडि किसानको रिले अनशन मंगलबार पनि जारी छ ।

सुनसरी, सप्तरी र उदयपुर जिल्लाका किसान पालो मिलाएर दैनिक १५ देखि २० जना रिले अनशनमा सहभागी हुँदै आएका छन् । उक्त अनशनमा करिब साढे ६ सय किसानहरु सहभागी भएको संघर्ष समितिका संयोजक महीदेव चौधरीले जानकारी दिएका छन् । ‘आफ्नै देशका नागरिकप्रति सरकारले सौतेलो व्यवहार गरेको भन्दै उनले भने, ‘नेपाल सरकारले सिफारिस गरेर पठाइदिए भारत सरकार मुआब्जा दिन तयार छ । सिफारिसका लागि पनि सरकार उदासीन देखियो ।’ ‘सामान्य अवस्थामै सरकारले मागको सुनुवाइ गर्ला भनेर हामीले दबाब बनाउन मात्रै रिले अनशन सुरु गरेका हौँ,’ उनले भने, ‘अवस्था हेर्दा सरकार गम्भीर देखिएन । अब हामी आन्दोलनलाई अझै शसक्त बनाउँछौं । आन्दोलनमा सरकारले बेवास्ता गरे पनि राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्य, राजनीतिक दलका नेता र कार्यकर्ता, प्रदेश मन्त्री, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि लगायतको समर्थन बढ्दै गएको छ । राष्ट्रिय सभाका सदस्य तथा नेकपा प्रदेश २ का सचिव सुमन प्याकुरेल, प्रतिनिधिसभा सदस्य सरिता गिरी, नेकपा प्रदेश २ का इन्चार्ज तथा प्रदेश २ को प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डल, प्रदेश सदस्य तथा नेकपा सप्तरी जिल्ला कमिटीका सचिव गोविन्दबहादुर न्यौपाने, प्रदेश सदस्य रुवी कर्ण, पूर्व सभासद् मानपुर चौधरीलगायतले आन्दोलनमा समर्थन जनाएको छ । यसैगरी, प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्त, पूर्वगृहराज्यमन्त्री रामकुमार चौधरी, कांग्रेस सुनसरीका सभापति राजीव कोइराला, प्रदेश सभा सदस्य केदार कार्की, सांसद सीताराम मेहता, सांसद ज्ञानेन्द्रबहादुर कार्कीलगायतले पनि अनशनस्थल पुगेर किसानको आन्दोलनमा समर्थन जनाएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia