- अमर काफ्ले

सुनसरीको झुम्कामा आयोजना गर्न लागिएको जितीया महोत्सवको उद्घाटन पुष्पकमल दाहाल प्रचण्डले गर्नु हुने भएको छ । अशोजको ५ गते आयोजना गर्न लागिएको महोत्सवको विषयमा थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार जितिया महोत्सवको अवसरमा हात्तिघोडा सहितको र्याली, सांस्कृतिक झाँकी लगायतका प्रस्तुति आयोजना गरिने छ । कार्यक्रम संयोजक तारा चौधरीका अनुसार महोत्सवमा थारु कला र परिकार समेतको प्रर्दशनी गरिने छ ।

थारु कल्याणकारिणी सभा सुनसरीका अध्यक्ष सुरेन्द्र चौधरीले महोत्सवलाई भव्य बनाउन लागिपरेको बताउनु भयो । पत्रकार सम्मेलनमा जितियामा सार्वजनिक बिदा नदिइएकोमा थारु कल्याणकारिणी सभा सुनसरीले आपत्ति जनाएको छ । सभाले थारु भाषा संस्कृतिको संरक्षणकालागि उठाइएको मुद्दा र पहिचान सहित अधिकारकालागि भएका आन्दोलनको उपेक्षा गरिएकोले आवश्यक परे आन्दोलनमा उत्रन समेत तयार रहेको जनाएको छ । थारु कानुन व्यवसायी सभाका केन्द्रीय अध्यक्ष रामराज चौधरीले जितिया महोत्सवलाई सरकार विरुद्धको आन्दोलनका रुपमा मनाउन लागेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा सभाका पूर्व केन्द्रीय अध्यक्ष चन्द्रकुमार चौधरी सहित थारु अगुवा मोहीनारायण चौधरी लगायतकाले महोत्सवको विषयमा जानकारी गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia