इनरुवा। संविधान दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । दिवस मूल आयोजक समिति सुनसरीले सदरमुकाम इनरुवामा प्रभातफेरी सहित शुभकामना आदानप्रदान जस्ता कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । जिसस सुनसरी मूल आयोजक समिति रहेपनि इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको संयोजकत्वमा गठित जिल्ला स्तरीय दिवस समारोह उपसमितिले कार्यक्रमको व्यवस्थापन मिलाएको हो ।

इनरुवा नगरपालिका हाताभित्र झण्डोत्तोलन पश्चात आयोजना गरिएको प्रभातफेरीले बजार क्षेत्रको परिक्रमा गरेको थियो । महानन्द पार्कमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा सांसद सीताराम, जिसस प्रमुख गोपाल राजभण्डारी, नगर प्रमुख राजन मेहता, प्रजिअ राजेश पौडेल, उप प्रमुख जमुना गौतम पोखरेल, प्रहरी प्रमुख यज्ञबिनोद पोखरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संविधान दिवसको सन्दर्भ पारेर आयोजना गरिएका विभिन्न प्रतियोगिता बिजेताहरुलाई पुरस्कृत गरिएको थियो । अघिल्ला वर्षहरुको तुलनामा यस पटक संविधान दिवसको अवसरमा आयोजना गरिएको प्रभातफेरी सहितका कार्यक्रममा विद्यार्थी लगायत सरोकारवाला र सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको थियो ।



तपाईको प्रतिक्रिया

trusted online casino malaysia