उद्योग वाणिज्य संघ इनरुवामा नयाँ कार्य समिति चयनकालागि मतदान जारी छ ।१३ सय १२ मतदाता रहेको संघले चुनावी परिणामसँगै दशौं कार्य समिति तय गर्ने छ ।
बिहान ८ बजेबाट सुरु मतदान ५ बजे सम्म चल्ने निर्वाचन संयोजक रमेश प्रसाद दाहालले बताए ।अध्यक्ष पदका उम्मेदार वीरेन्द्र शाहको नेतृत्वमा लोकतान्त्रिक समूह र समावेशी तर्फ पंचदेव मेहता अध्यक्ष रहेको प्यानल चुनावी दौडमा रहेको छ । सदस्य तर्फ जिबराज दाहाल र प्रितम अटल भने स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा रहेका छन् । परिणाम भने भोलि बिहान ८ बजेबाट सुरु हुने मत गणना पश्चात सार्वजनिक हुने छ ।






















