- अमर काफ्ले

सुनसरीको इनरुवामा सुरु दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेटमा जनकपुरले बिजयी सुरुवात गरेको छ ।गयराती सम्पन्न उद्घाटन खेलमा जनकपुरले चितवनलाई ८ विकेटले पराजित गरेको हो ।

इनरुवा खेल मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १६ रन जोडेको थियो ।चितवनका लागि विकल कुमार गुप्ताले ३३, दिपेश श्रेष्ठले २३ रन र सपनिल अधिकारीले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् । उसका दुई खेलाडी बोल्ड आउट भएका थिए । त्यसैगरी चितवनले आफ्ना दुई खेलाडीलाई रन आउटका रुपमा गुमाउँदा तीन खेलाडी भने शुन्य रनमै आउट हुन पुगेका थिए ।


चितवनलाई सस्तैमा समेट्न जनकपुरका रिजन ढकालले ३ र बिशाल सुसलिङले २ तथा दिब्याङसु मलिकले १ विकेट लिएका थिए ।१ सय १७ रनको लक्ष सहित जवाफी ब्याटिङ थालेको जनकपुरले १३ दशमलव ३ ओभरमा २ विकेट गुमाएर जित हात पारेको हो ।जनकपुरको जितमा हरिशंकर साहले नटआउट ६४ रनको पारी खेले । टिमको जितकालागि अभिनास अधिकारीले नटआउट रहँदै ६ रन बनाए । जनकपुरका ओपनर ब्याट्सम्यान आलोक कुमारले ३० रन जोडेका थिए । चितवनका किशोर महतोले जनकपुरको २ विकेट लिएका थिए । बिजयी टिमका हरिशंकर साह प्रतियोगिताको म्यान अफ दी म्याच चुनिए ।फूलवारी क्रिकेट क्लब इनरुवाले संचालनमा ल्याएको प्रतियोतिमा तीन बिभागीय सहित १६ टिमले सहभागिता जनाउँदै छन् ।प्रतियोगिता अन्र्तगत आजको खेल सेभेन स्टार इटहरी र वीपीकेआइएच धरानबिच हुँदै छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia