सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत गयराती सम्पन्न खेलमा वीपी केआइ एचएस धरान बिजयी भएको छ । १ सय १९ रनको लक्ष पछ्याएको इटहरी ७३ रनमै समेटिएपछि धरानले ४५ रनको जित हात पारेको हो । धरानलाई जित दिलाउन दिलिप गुप्ताले ३ तथा चुन्नु यादव र प्रमोदमान सिंह यादवले २–२ विकेट लिए । इटहरीका ५ खेलाडी बोल्ड आउट भएका थिए । इटहरीका लागि अनिश लुइटेलले २० र मनिष दाहालले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।

टस जितेर इटहरीले फिल्डिङ रोजेपछि धरान पहिलो ब्याटिङमा उत्रिएको थियो । धरानले आक्रामक सुरुवात गरेपनि उच्च स्कोर भने बनाउन सकेन् । ओपनर ब्याट्सम्यान सुबास चन्द्र र बिबेक झालाई ब्यक्तिगत ४८ र २३ रनको स्कोरमा गुमाएसँगै धरानको विकेट पतनको क्रम सुरु भएको थियो । १७ दशमलव ३ ओभरमा अलआउट हुन पुगेको धरानले १ सय १८ रन मात्र बटुल्न सक्यो । इटहरीका भुपाल लुइटेल एक्लैले धरानको ५ विकेट चट्काएका थिए । त्यसैगरी जोशक खड्काले ३ तथा अमित भगत र उज्ज्वल श्रेष्ठले एक एक विकेट लिए ।प्रतियोगिता अन्र्तगत आज हुने खेलमा दुहवीले आयोजक फूलबारी क्रिकेट क्लब इनरुको सामना गर्ने छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia