इनरुवा। उद्योग वाणिज्य संघ इनरुवाको मत गणनाको विषय थप अन्यौलपूर्ण बनेको छ । लोकतान्त्रिक र समावेशी प्यानलका उम्मेदवार सहित प्रतिनिधिबिच सदर र बदर मतको विषयमा निम्तेको विवाद समाधान हुन नसक्दा हिजोबाटै मत गणना कार्य स्थगित छ । निर्वाचन समितिले हिजो नै सूचना जारी गरी सहमति नजुटुनजेल मत गणना हुन नसक्ने भन्दै मत पेटिका सुरक्षाकर्मीको जिम्मा लगाएको थियो ।

विवादित विषयमा आज समेत सहमति नजुटेपछि निर्वाचन समितिले शुक्रबार सम्मकालागि मत गणनाको कार्य स्थगन गरिएको सूचना जारी गरेको छ । उता मत गणना कार्य स्थगित भएको विषयलाई लोकतान्त्रिक समूहले धाँधलीको आरोप लगाएको छ । प्रेस विज्ञप्ती जारी गर्दै उसले निर्वाचन समितिको त्रुटीका कारण पछिल्लो घटनाक्रम सृजना हुन पुगेको निष्कर्ष निकालेको छ ।
निर्वाचन समितिले मतदानकालागि प्रयोगमा ल्याएको स्टम्पमा स्वस्तिक चिन्ह दुवै तर्फ हुनु पर्नेमा एकातर्फ मात्र बनाइएको विषय आफुहरुलाई निर्वाचन पूर्व जानकारी नगराइएको विज्ञप्तीमा उल्लेख छ ।

मतदानको क्रममा दुवै तर्फबाट मत हालिएको आशंका उब्जिएपछि निर्वाचन समितिलाई जानकारी गराउँदा गल्ति स्विकारेर अघि बढ्ने सहमति जनाइएपनि गणनाको क्रममा दोधारे रवैया अपनाइएको प्रति लोकतान्त्रिक समूहले आपत्ति जनाएको छ । निर्वाचन समितिले स्टम्पको दुवै भागबाट मत चिन्ह रहेको कोठा भित्र मतदान वा मसी लागेको भए सदर हुने भनिएकाले तत्कालिन अवस्थामा मतदानमा अवरोध नगरेको जनाएको छ । लोकतान्त्रिक समूहले स्वस्तिक चिन्ह व्यवस्थापनमा देखिएको त्रुटीले नियोजित षडयन्त्रको आशंका उब्जाएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia