- अमर काफ्ले

सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगतको पछिल्ल्लो खेलमा आयोजक फूलबारी क्रिकेट क्लब इनरुवा बिजयी भएको छ । आयोजक इनरुवाले दुहवी विरुद्ध १ सय १९ रनको फराकिलो जित हात पारेको छ । २ सय १० रनको लक्ष पछ्याएको दुहवी ९० रनमा समेटिएपछि आयोजकले प्रतियोगिताकै फराकिलो अन्तरको जित निकालेको हो । विशाल लक्ष पछ्याएको दुहवी १७ दशमलव ५ ओभरमा अलआउट हुन पुगेको थियो । दुहवीलाई सस्तैमा समेट्न सरोज बस्नेत एक्लैले ५ विकेट चट्काए । मिनास थापा र पुष्प थापाले समान २ –२ विकेट लिँदा फिरदोस अन्सारीको नाममा एक विकेट रह्यो ।

दुहवीका तीन ब्याट्सम्यान शुन्य रनमा पवेलियन फर्किए । टिमका लागि सकिब हकले सर्वाधिक १७ रन जोडे । टस जितेर पहिलो ब्याटिङ रोजेको आयोजक फूलबारीले रात्रिकालीन संस्करणकै उच्च रन बनाएको थियो । उसले २० ओभर खेल्दै ४ विकेटको नोक्सानीमा २ सय ९ रन बनाएको थियो । आयोजककालागि मिनास थापाले ८४ रनको पारी खेले । ५२ बलको सामना गरेका थापाले ७ चौका र ६ छक्का प्रहार गरे ।टिमकालागि पुष्प थापा र फिरदोस अन्सारीले समान २५ रन बनाउँदा बिवेक मेहताले २१ र सोनु मण्डलले नटआउट १७ रनको पारी खेले ।प्रतियोगिताको म्याद अफ दी म्याच अर्धशतकीय पारी खेलेका मिनास थापा घोषित भए । प्रतियोगिता अन्र्तगत आज राती हुने खेलमा विभागीय टिम एपिएफले सप्तरीको सामना गर्ने छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia