- मुस्ताक आलम

भान्टाबारी। सुनसरीको सिमावर्ती क्षेत्रमा अबस्थित रहेका कोशी गाउँपालिका ७ हरिपुरमा नेकपाको वृहत पार्टी तथा जनसभा कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी १ नम्बर प्रदेश इन्चार्ज तथा प्रदेश सांसद भिम आचार्यले अब काङ्ग्रेसले जनतालाई ललि पप दिएर झुक्याउन सक्दैन भन्ने उनको दाबी रहेका छ । मुलुकमा काङ्ग्रेसले ३०औ वर्ष देखी सरकारमा रहेर नेपाली जनतालाई ठगेर अफु धनी भएका छन।

आचार्यले अब १० वर्ष कम्युनिस्ट सरकार रहो भने देशमा गरिबी,बेरोजगारी र बिदेशमा जुन ४० लाख नेपाली जनता काम गरिरहेका छ्न उनीहरुको लागि आफ्नै देशमा रोजगारीको सिर्जना नेपाल कम्युनिस्ट पार्टीले गर्छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी १ नम्बर प्रदेश इनचार्ज तथा प्रदेश सांसद भिम आचार्य, बिशिस्ट अतिथि १ नम्बर प्रदेशका वन,वातावरण,उधोग तथा पर्यटन मन्त्री जगदीश कुशियैत, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा १ नम्बर प्रदेशका सह इनचार्ज महफुज अंसारी, प्रदेश सह इनचार्ज धर्म निरौला, नन्द बस्नेत अतिथिहरुमा बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनाल, नेपाल कम्युनिस्ट पार्टी सुनसरीका अध्यक्ष योगेन्द्र मंडल (पप्पु),पार्टी सचीव रमेश बस्नेत,पोस्ट नेपाल लगायतको प्रदेश कमिटी सदस्य नगर कमिटी सदस्य र गाउँ कमिटी सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कोशी गाउँ कमिटी सुनसरी द्वारा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि जम्मा १२ सय जनाले प्रवेश गरेका छ्न । उक्त कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाबाट नेपाली काङ्ग्रेस परित्याग गरि जम्मा २५ जना नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन । सो कार्यक्रम सञ्चालन नेकपाका जिल्ला कमिटी सदस्य अजय कुशियैतले गरेका थिए भने कोशी गाउँपालिका गाउँकमिटी अध्यक्ष ब्रहमदेब यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia