- गणेश यादव

इनरुवा । इनरुवा २ स्थित शंकरपुर शाखा नहरमा पुल बनेको लामो समय बिति सक्दा समेत पुल मर्मत नहुँदा जीर्ण बन्दै गएको छ । पुलको अधिकांस ठाउँ उप्किएको छ, भने पुल निर्माणका लागि प्रयोग गरेका फलामका सामग्रीमा खिया लागेको छ । साबिक इनरुवा ८ जाने मुख्य सडकको पुल जिर्ण रहेको कारण स्थानीय सर्वसाधरणलाई आवतजावतमा समस्या समेत परेको छ ।

पुल जीर्ण हुँदा आवतजावतको क्रममा बालबालिका डुब्ने र दुर्घटनाको जोखिम बढेको स्थानीय रमान्नद मण्डलले बताए । ‘पुलको एक छेउ बाहेक पुरै बीचमा खाल्डाखुल्डी छन, फलाममा खिया लागेको छ’ उनले भने ‘यसले दुर्घटनाको जोखिम बढेको छ।’ धेरै बर्ष अगाडी निर्माण भएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएको मण्डलले बताए । पुल निर्माण भएको २० बर्ष पुग्नै लाग्दा समेत मर्मत गर्न कुनै निकायबाट पहल नभएको समेत उनको गुनासो थियो । साथै उनले उक्त पुल तत्काल मर्मत गर्न माग समेत गरे । उक्त पुल सिंचाई अन्तर्गत रहेकाले सिंचाई डिभिजन कार्यालयले मर्मत गर्नुपर्ने उनले बताए ।



तपाईको प्रतिक्रिया

trusted online casino malaysia