इनरुवा । सुनसरी सदरमुकाम इनरुवाका हिलाम्मे सडकले नागरिकलाई सास्ती दिएको छ । सदरमुकामको मूख्य सडक, लोकतान्त्रिक चौक वरीपरीको सडक, हालै निर्माण सम्पन्न भएको लक्ष्मी नरायण मन्दिर दक्षिणको सडक, बविया हुदै देवागंज गाउँपालिका जाने सडक पूरै हिलाम्ये हुँदा नागरिकले सास्ती भोगिरहेका छन् । इनरुवा नगरपालिकामा हालै निर्माण समपन्न भएको शहरी बिकासको कालोपत्रे सडक विस्तारै, कालोपत्र उप्किएर खाल्डा खुल्डी पर्न थालेका छन् । यातायातका साधन मोटरसाइकल, सिटीसफारी, अटो रिक्सा, गुडाउन तथा दैनिक ओहोरदोहोर गर्न यहाँका नागरिकलाई निकै सास्ती भइरहेको छ । उद्योग बाणिज्य संघ इनरुवाका पूर्व अध्यक्ष प्रमोद कुमार आचार्यले भने, “इनरुवामा निर्माण भएका अधिकाँश सडक हिलाम्मे बनेको छ, जसले गर्दा स्थानीय नागरिकहरुलाई आवतजावतमा समस्या परेको छ।”
https://www.facebook.com/inaruwaonline/photos/pcb.932015680530091/932012403863752/?type=3&theater
इनरुवा नगरपालिकाले डोजर प्रयोग गरेर निकालिएको माटोलाई व्यवस्थापन गर्न नसक्दा इनरुवाका अधिकाँश पिचरोड समेत हिलाम्ये बनेको उनले बताए । उनले भने कुरा र योजनामात्रै स्मार्ट सिटी सम्भव हुँदैन। आचार्यले, सामान्य नगरक्षेत्रका हिलाम्ये सडकको व्यवस्थापनमा नगपालिकाले ध्यान दिन नसेकेको गुनासो गरे । यस्तै सडकको अवस्था हिलाम्मे बनेको कारण वृद्धवृद्धा तथा बालबालिकालाई बिहान साँझ विद्यालय आउँदा जाँदा निकै सास्ती हुने गरेको छ । टोल टोलमा सडक पु¥याउने, सबै नगरक्षेत्र भित्रका सडक कालोपत्रे गर्ने नीति तथा योजना अघि बढाउने तर, बनेको कालोपत्रे सडक हिलाम्मे बनाउने निर्माण प्रक्रियाले दीर्घकालीन विकासमा असर गर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुनसरीका जिल्ला सदस्य तथा युवा नेता ओमकार दाहाल(ओके) ले बताए । उनले भने इनरुवा नगरपालिकाले मुख्य सडक सहित जिर्ण अवस्थामा रहेको सडकलाई पहिलकै अवस्थामा बनाउन नसकेको खण्डमा, जनताले विकासको अनुभूति गर्न सक्दैनन् । योजना महत्वकाँक्षी बनाउनु भन्दा गर्दै जाँदा आईपर्ने समस्या समाधानतर्फ ध्यान जान जरुरी रहेको नेता दाहालले बताए ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.932015680530091/932012373863755/?type=3&theater
स्मार्ट सिटीको परिकल्पना गरी रहेको इनरुवा नगरपालिकाको मुख्य सडकको त अवस्था यस्तो छ । इनरुवा नगरपालिकामा गाभिएका साविकका बविया, मधेशा, चाँदवेला, जलपापुर र डुम्राहा क्षेत्रको ग्रामीण बस्तीका सडकबाट नागरिकले कति सास्ती भोगिरहेका होलान् । इनरुवा नगरपालिका कार्यालयले सके बनाउ नसके नबिगारौंको नीति ल्याउन जरुरी रहेको इनरुवाका बुद्धिजीवीहरुको भनाई रहेको छ । समान्य पानी पर्दा इनरुवाका कुनै सडक हिँड्न लायक छैनन् । कच्ची सडक त कच्ची नै छन् तर, कालोपत्रे गरिएको सडक हिलाम्ये बनाउँदा नगरवासीदेखि सदरमुकाम आउने हजारौ नागरिकले दैनिक सास्ती भोगिरहेका छन् ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.932015680530091/932012393863753/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.932015680530091/932013013863691/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.932015680530091/932013007197025/?type=3&theater










